विप्लव नेतृत्वको बन्दको बिराटनगरमा प्रभाव परेन , इलाममा गाडीमा आगजनी गरियो

विप्लव नेतृत्वको बन्दको बिराटनगरमा प्रभाव परेन , इलाममा गाडीमा आगजनी गरियो

बिराटनगर  ,२२ वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज गरेको बन्दमा बिराटनगरमा कुनै प्रभाव नपरेको पाइएको छ । बिराटनगर बजार , यातायात खुला नै रहेको छ ।

यता ,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले शनिबार बिहान एक गाडीमा आगजनी गरेका छन् । झापाबाट पाँचथरतर्फ गइरहेको को १ ज ८७१५ नम्बरको गाडी नेकपाका कार्यकर्ताले मेची राजमार्गमा पर्ने सानवीरेमा आगजनी गरेका हुन् ।

बन्दको अवज्ञा गरेको भन्दै गरिएको आगजनीबाट गाडीको अगाडिको भाग जलेको छ । पिक अप प्याच बोकेर पाँचथरतर्फ गइरहेको थियो । शनिबार बिहान ४ बजे पाँच जनाको समूहले गाडी रोकी आगजनी गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्