नेपाल पत्रकार महासघ प्रदेश चुनाव जारी , मोरङमा ६३ प्रतिशत मत खस्यो (फोटो फिचर सहित)

नेपाल पत्रकार महासघ प्रदेश चुनाव जारी , मोरङमा ६३ प्रतिशत मत खस्यो (फोटो फिचर सहित)

विराटनगर २२ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि आज मतदान भइरहेको छ ।
यसैविच प्रदेश नम्बर १ को पनि अहिले जिल्ला – जिल्लामा मतदान भईरहेको छ । एक नम्बर प्रदेशको १४ वटै जिल्लाका हरेक शाखा कार्यलयमा प्रदेश समितिको पदाधिकारी चयनको लागी मतदान भईरहेको छ ।
यता नेपाल पत्रकार महासघ मोरङ शाखामा पनि अहिले मतदान जारी छ । यो समाचार तयार पार्दासम्म ६३ मत खसिसकेको मुख्य मतदान अधिकृत दिपक दाहालले आवर विराटनगरलाई जानकारी दिए ।
मोरङ जिल्लामा जम्मा १८५ मततादा रहेकोमा अहिलेसम्म ११७ जनाले भोट खसालिसकेका छन् । एक नम्बर प्रदेशको अध्यक्षका लागी मोरङबाट विक्रम लुईटेल र सुनसरी जिल्लाबाट गोपाल देवानको अध्यक्ष पदका लागी मैदानमा उत्रिएका छन् ।
विक्रम लुईटेलको पक्षमा नेकपा एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरको प्यानल रहेको छ भने गोपाल देवानको पक्षमा अन्य दल निकट पत्रकारको समुह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्