ईटहरीमा सार्बजनिक बसलाई लक्षित बम विस्फोट

ईटहरीमा सार्बजनिक बसलाई लक्षित बम विस्फोट

विराटनगर, २२ वैशाख ।
नचिनेका मान्छेहरुले सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ धरानरोडमा सार्बजनिक बसलाई लक्षित गरी बम बिस्फोट गराएका छन् । मोटरसाईकलमा आएका दुईजनाको समुहले मे १ ख २९३४ नम्बरको सुर्योदय यातायातलाई लक्षित गरी झोला फ्याकेको र लगतै बिस्फोट भएको बसमा सवार यात्रुले बताए । बसलाई लक्षित गरी फालिएको झोला भुईमा झरेलगत्तै पड्कीएको थियो । वम शक्तिशाली नभएको र तर्साउनको लागि पालिएको सामान्य सुतली वम भएको प्रहरीले जनाएको छ । पनि वम बिस्फोट हुँदा बसमा सवार ३ जनालाई सामान्य छर्रा लागेको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । वम पड््कीएको ठाउँ ईटहरीको मुख्य चोक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्