पूर्वमा यातायात संचालन गर्ने बारेमा ब्यवसायी विच विवाद, संघका तीन पक्राउ पछि रिहा

<span class='c1'>पूर्वमा यातायात संचालन गर्ने बारेमा ब्यवसायी </span> <span class='c2'>विच विवाद, संघका तीन पक्राउ पछि रिहा</span>

विराटनगर,२२ बैशाख ।
पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी यातायात व्यवसायी संघले हिजोदेखि बन्द गरेको सार्वजनिक यातायात आजदेखि संचालन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नेपाल सरकारको निति अनुरुप सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान तयार देखिएको जानकारी दिए । पुर्ब नेपाल यातायात ब्यवसायी संघका महासचिवले हस्ताक्षर गरी नेपाल सरकारको निर्णय अनुसार आफुहरु कम्पनीमा जान तयार रहेको पत्र जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएपछि आज बिहान पक्राउ परेका ३ जनालाई समेत रिहा गरिएको आचार्यले जानकारी दिए । यातायातमा देखिएको गुटवन्दी (सेण्डिकेट) लागु गरी सार्वजनिक यातायात संंचालन वन्द गर्ने पूर्व नेपाल र कोशी व्यवसायीका ३ जनालाई आज विहान पक्राउ गरिएको थियो ।
यसरी पक्राउ पर्नेमा पुर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाइ, कोशी वस व्यवसायी संघका नारायण अधिकारी र पूर्व नेपाल यातायात व्यवसायी संघका टिका भट्टराई रहेको थिए। उनीहरुलाई आज साँझ छाडिएको छ । व्यवसायीले संघले कम्पनीमा दर्ता हुने र सवारी साधन संचालन गर्ने लिखित प्रतिवद्धता जानाएपछि उनीहरुलाई छाडिएको प्रजिअ आचार्यले वताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीले अन्य अप्सरा यातायातले कम्पनीमा दर्ता हुने सवारी साधन संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । प्रहरी प्रशासनको सक्रियतामा हिजो सर्वाजनिक यातायात संचालन गरी यात्रुहरुलाई सुविधा प्रदान गरिएको थियो ।
आज विराटनगरवाट छोटो तथा लामो दुरीको भद्रपुर, काँकडभिट्टा, धरान, राजविराज, विरगंज तथा काठमाडौको रात्रि वस संचालन भएको छ । पूर्व नेपाल यातयात व्यवसायी सघ प्रदेश नं १ को सवैभन्दा बढी २ सय ७५ वटा वसहरु भएको पुर्व नेपाल बस ब्यवसायी समितिले विराटनगरवाट मुलुकको विभिन्न क्षेत्रका लागि संचालन हदै आएको छ ।

समितिका पदाधिकारी बिच विवाद
पुर्ब नेपाल यातायात ब्यवसायी संघमा ब्यवसायी धु्रविकरण भएका छन् । आज पुर्ब नेपाल ब्यवसायी संघको नाममा आधिकारीक पत्र महासचिव धर्मानन्द साहले हस्ताक्षर गरेको पत्र मार्फत जिल्ला प्रशासन कार्यालयमा सबै सवारी साधन कम्पनीमा लैजान्छौ भनी पत्र पठार्एपछि समिति भित्रैका पदाधिकारी बिचमा विवाद शुरु भएको हो । साहले पक्राउ परेका ३ जनाको रिहाईका लागि भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएका थिए । तर त्यही बिषयलाई लिएर संघका उपाध्यक्ष उत्तम चौलागाईले समितिको नाममा पठाईएको पत्र समितिको निर्णय नभई ब्यक्तिगत भएको आरोप लगाएका छन् । चौलागाईले समितिले गरेको निर्णय भन्दा बाहिर गएर आएको पत्र ब्यत्तिगत विचार भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्