विराटनगरमा माइक्रो दुर्घटना, दश घाइतेको विराटनगर नर्सिङहोममा उपचार हुँदै

विराटनगरमा माइक्रो दुर्घटना, दश घाइतेको विराटनगर नर्सिङहोममा उपचार हुँदै

विराटनगर, २३ वैशाख । बिराटनगर महानगरपालिका ४ स्थित कोशी राजमार्गमा माइक्रो दुर्घटना हुँदा दशजना घाईते भएका छन् । इटहरीबाट विराटनगरतर्फ आउदै गरेको को १ज २८७४ नम्बरको माइक्रो गएराती दुर्घटना भएको हो । सडकमा राखिएको डिभाइडरमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी दश जना घाइते भएका छन। घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। घाइते हुनेमा बिराटनगर १३ का सरोजा थापा, तुलसा खडका, निर्मला खडका, भावना श्रेष्ठ, चन्द्रकला पोखरेल, दुर्गा पोखरेल गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । त्यस्तै अम्बिका खडका, निर्मला थापा, धन माया घिमिरे तथा माइक्रो चालक बुढीगंगा गाउँपालिका ३ का चन्द्रप्रसाद अधिकारी सामान्य घाईते भएका छन् ।। घाइतेहरुको विराटनगर नर्सिङ होममा उपचार भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्