साढे ३३ किलो सुनसँग जोडिएका ९ जनाको बयान सकियो, ६ जनाको जारी

साढे ३३ किलो सुनसँग जोडिएका ९ जनाको बयान सकियो, ६ जनाको जारी

विराटनगर, २३ वैशाख ।
साढे ३३ किलो सुुनसँग जोडिएका ब्यक्तिहरुको बयान लिने क्रम आज पनि जारी राखिएको छ । बिहिवार देखि वयान भईरहेको टेकराज मल्ल ठकुरीको बयान आज सकिएको छ। त्यस्तै उनीसँगै भुजुङ गुरुङ, चाचाजी भन्ने महाबिर प्रसाद गोल्यान अग्रवाल, एलवी भनिने लालबहादुर मगरको बयान पनि सकिएको छ । शुक्रवारसम्म ५ जनाको बयान भएकोमा आज थप अन्यको बयान जारी रहेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलाले जानकारी दिए । अन्य अभियुक्तहरु राजेन्द्र कुमार शाक्य, बालकृष्ण सञ्जेल, चन्दन भनिने बिरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, कपिलराम पुरी र दोराम खत्रीको बयान यो समाचार तयार पार्दा दिउँसो ३ बजेसम्म चलिरहेको छ । आजै अन्य अभियुक्तहरुलाई पनि बयान लिईने अदालतले जनाएको छ । यही गतीमा बयान लिने हो भने २६ गतेसम्ममा सबैको बयान सकिने श्रेस्तेदार दुलालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्