एक नम्बर प्रदेशमा ७ विधेयक पारित, हिउँदे अधिवेशनमा १३ वटा बिधेयक पारित गर्ने तयारी

एक नम्बर प्रदेशमा ७ विधेयक पारित, हिउँदे अधिवेशनमा १३ वटा बिधेयक पारित गर्ने तयारी

विराटनगर, २३ वैशाख।
एक नम्बर प्रदेश सभा मार्फत धमाधम विधेधेयक पास हुन थालेका छन् । लामो समयसम्म काम नपाएको एक नम्बर प्रदेश संसद पछिल्लो समय विधेयक पास गर्न भ्याई नभ्याई अबस्थामा देखिन्छ । एक नम्बर प्रदेश सभाबाट तिन महिनाको अबधिमा ७ वटा विधेयक पास भएको छ । एक साता भित्र अरु केही विधेयक पारित गर्ने तयारी भईरहेको एक नम्बर प्रदेश सरकारले जनाएको छ । एक साताभित्र अरु छवटा विधेक पारित गर्ने तयारी छ।सदनमा प्रस्ताव गरिएका दुई विधेयक छलफलमा छन् भने चारवटा विधेयक संसदमा पेश गर्न दर्ता भएका छन्। पारित भएकामध्ये चार विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भई ऐनका रुपमा कार्यान्वयनमा जाने तयारीमा छ ।
एक नम्बर प्रदेश ससंसद सचिवालयले हालसम्म प्रदेशसभा नियमावली २०७४, प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४, विनियोजन विधेयक, प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण विधेयक २०७५, गाउँसभा र नगरसभा संचालनसँग सम्बन्धि विधेयक २०७५, प्रदेश नं १ आकस्मिक कोष संचालन सम्बन्धी विधेयक २०७४ र जिल्ला सभा सञ्चालन सम्बन्धी विधेयक २०७५ पारित भई सकेको जनाएको छ । प्रशासनिक कार्यविधि (नियमित गर्ने) विधेयक २०७५ सदनमा पेश भई दफावार छलफलका लागि न्याय, प्रशासन तथा विधायन समितिमा पठाइएको छ। समितिमा छलफलका विधेयक पहिलो पटक पठाइएको हो। यसअघिका सबै विधेयक संशोधनसहित सर्वसम्मतिमै सदनले पारित गरेको थियो। संसदको हिउँदे अधिवेशन समाप्त भई सक्दा प्रदेशसभाले १३ वटा विधेयक पारित गर्ने तयारी गरेको संसद सचिवालयका सचिव केदारप्रसाद पनेरुले जानकारी दिए।
यी विधेयक आउने तयारी
प्रदेश मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अन्य सेवा शर्त र सुविधासँग सम्बन्धित विधेयक २०७५ पनि सदनमा पेश भई सकेको छ। यसैगरी मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक २०७५, प्रदेश संभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक २०७५, गाउँसभा र नगरसभाका सदस्यको सेवा सुविधा सम्बन्धी विधेयक २०७५ र जिल्ला सभाका सदस्यहरुको सेवा सुविधा सम्वन्धि विधेयक २०७५ संसद सचिवालयमा दर्ता भएको छ।चारवटै विधेयक सोमबारको बैठकमा पेश गर्ने तयारी छ । जिल्ला सभा विधेयक संशोधनसहित आज पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्