कोशी अस्पतालमा सुत्केरीको मृत्यु, शिशु अस्पतालमै छाडेर आफन्त घर फर्किए

कोशी अस्पतालमा सुत्केरीको मृत्यु, शिशु अस्पतालमै छाडेर आफन्त घर फर्किए

विराटनगर, २४ वैशाख ।
कोशी अञ्चल अस्पताल विराटनगरमा शल्यक्रियाबाट सुत्केरी गराएकी महिलाको ज्यान गएको बिरोधमा आफन्तले प्रदर्शन गरेका छन् । अस्पतालको लापरवाहीले गर्दा सुत्केरीको ज्यान गएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएका हुन् । शनिवार विहान शल्यक्रियाबाट सुत्केरी भएकी मोरङको ग्रामथान गाउँपालिका ४ मोतीपुरकी २७ बर्षिय शान्ता लिम्बुको शल्यक्रिया गरेको करिव १५ घण्टापछि मृत्यु भएको छ । सुत्केरी ब्याथा लागेपछि शुक्रवार नै अस्पताल पुगेको भएपनि चिकित्सक गम्भीर नबन्दा आफुले परिवारको सदस्य गुमाएको मृतकका पति आईतवाहदुर लिम्बुले बताए । बिरामीलाई अत्याधिक दुखाई भएपछि शुक्रवार नै पटक पटक शल्यक्रिया गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीले वेवास्ता गरेको र पछि बच्चा चल्न छाडेपछि शनिवार विहान ४ बजे हतारमा सल्यक्रिया भएको थियो । शल्यक्रिया गरेको करिब ४ घण्टासम्म बच्चा र आमा सकुशल रहेको भएपनि त्यपछि विरामीको पुरै शरिर पोल्न थालेको थियो भने टाउको दुखाई पनि बढेको मृतकका परिवार बताउँछन् । चिकित्सकले केही समय थप उपचार गराएको तर पार नलागेपछि भेन्टीलेटर भएको अस्पतालमा लग्न सल्लाह दिएका थिए । चिकित्सकको सुझाव अनुसार अर्को अस्पताल लैजाँदैगर्दा बाटैमा विरामीको ज्यान गएको हो । विरामीका मृत्यु पस्चात मृतकका आफन्तले चिकित्सकलाई जानकारी दिँदा दिँदैपनि गम्भीर नभईदिँदा सुत्केरीको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएका थिए । विरामीको मृत्यु पस्चात डाक्टर लामो समयसम्म अस्पताल आएका थिएनन् । डाक्टरलाई पर्खिरहेका पीडित परिवारले अस्पताल पुगेका प्रदेश सभा सदस्य कुल प्रसाद सम्बालाई चिकित्सक ठानेर हातपातको प्रयास गरेका थिए । अबस्था तनावपुर्ण भएपछि कोशी अञ्चल अस्पतालमा ब्यापक प्रहरी परिचालन गरिएको थियो ।
पछि अस्पताल प्रशासन र पीडित पक्षबिच छलफल गरी पोष्टमार्टम रिपोर्ट आएपछि दुबै पक्ष वार्तामा बसेर समाधान खोजिने सहमती बनेको थियो । चिकित्सकहरुले ब्यवस्थापकिय पाटोमा केही कमजोरी भएको स्वीकार गरेको छ । भने नवजात शिशुलाई अस्पतालको पोषण गृहमा राखेर हेरचाह गरिदिने र पछिबच्चाको अध्ययनमा सहयोग गर्ने बताएपछि पीडित परिवार बच्चा अस्पतालमै छाडेर फर्किएका छन् । अस्पताल प्रशासनले भने अस्पतालमा भेन्टीलेटर नभएको कारण सुत्केरीलाई बचाउन नसकेको प्रतिक्रिया दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्