मोरङका २२ क्रसर मध्ये ८ वटा मात्र दर्ता भएको भन्दै कार्वाहीको माग

मोरङका २२ क्रसर मध्ये ८ वटा मात्र दर्ता भएको भन्दै कार्वाहीको माग

विराटनगर, २४ वैशाख ।
एक नम्बर प्रदेश सभामा बैठकमा मोरङमा संचालित गैह्र कानुनी क्रसर उद्योगको बिषयले प्रवेश पाएको छ । एक नम्बर प्रदेश सभाको आईतवारको बैठकमा बोल्ने संसदहरुले मोरङ जिल्लामा संचालित क्रसर उद्योगहरु अहिले पनि गैह्र कानुनी रुपमा संचालनमा रहेको भन्दै संसदको ध्यानाकर्षण गराएका हुन । मोरङ क्षेत्र नम्बर १का सांसद कुलप्रसाद साम्बाले मोरङ जिल्लामा रहेका २२ क्रसर उद्योग मध्ये ८ वटा मात्र दर्ता भएको र अन्य क्रसर उद्योग दर्तै नभएको बताए ।

उनले त्यस खालका क्रसर उद्योग बन्द गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले अबैध रुपमा जथाभावी उत्खनन् गरिरहेको बिषयमा सरकारको ध्यान जान नसकेको गुनासो गरे । मोरङको लेटाङमा भिम पौडेलले संचालन गर्दै आएको क्रसर उद्योग तथा केरावारी लगायतका स्थानमा संचालित क्रसर उद्योगले कानुनको ठाडो उल्लंघन गरेकाले तत्काल संंसदीय छानविन समिति गठन गरी अनुगमन तथा छानविनको माग गरे । ईलाममा संसद खिनु लाङ्वा लिम्बुको ईलामको पर्यटकिय संभावना बोकेको माईपोखरी सन्दकपुर लगायतका दर्जनौ आकर्षक स्थलहरुको पुर्वाधार विकासमा ध्यान दिन आग्रह गरे । उनले मारतसँग सीमा जोडिएको सन्दकपुर क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमण हुने गरेको भन्दै प्रहरी चौकी स्थापना गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्