खोटाङमा सुनकोशी नदीमा डुबेर ३ बालबालिका बेपत्ता

खोटाङमा सुनकोशी नदीमा डुबेर ३ बालबालिका बेपत्ता

विराटनगर, २४ बैशाख ।
खोटाङको वराहपोखरी गाउँपालिका २ धाप्लाङ स्थित सुनकोशी नदीले बगाएर तीन बाल–बालिका बेपत्ता भएका छन । नदी किनारमा बाख्रा चराउन गएका स्थानीय १२ वर्षका सुबन श्रेष्ठ, १० बर्षका सबिन माझी र ११ वर्षकी अनिता माझीलाई खोलाले बगाएर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार बाख्रा चराउन गएका उनीहरु नदीमा पौडी खेल्नेक्रममा नदीले बगाएको हुन सक्ने भन्दै प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए । बेपत्ता बाल–बालिकाहरुको प्रहरी र स्थानीयबाट खोजी कार्य भई रहेको छ । घटना स्थल धाप्लाङ ईलााक प्रहरी कार्यालय चिसापानीबाट ८ घण्टाको दुरीमा रहेको प्रहरीले जनाएको छ
यस्तै, धनकुटामा तमोर नदीको दोभानमा पौडी खेल्नेक्रममा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ। साँगुरीगढी गाउँपालिका ३ कुशेटारमा साता अघि नदीमा पौडी खेल्नेक्रममा बगाएर बेपत्ता भएका धनकुटा चौबिसे गाउँपालिका ६ बस्ने चन्द्र सिंह राईको १४ बर्षका छोरा राम कुमार राईको शव आईतबार साँझ फेला परेको हो।
साँगुगढी गाउँपालिका ४ मा बालकको शव खोलामा तैरिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्