भारतको झरखण्डमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या

भारतको झरखण्डमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या

भारतको झरखण्ड चतरामा एक १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । आमा बुवा विवाहमा गएका बेला चार जना युवकले किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् ।

आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ । गत शुक्रबार किशोरीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनाको पक्राउ गएिको भारतीय प्रहरीले जनाएको छ ।

घटनामा आरोपित १५ मध्ये १५ जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ । किशोरी सामूहिक बलात्कारमा परेको घटनामा इन्साफ दिलाउन भन्दै बसेको पन्चायतले पीडित परिवारलाई ५० हजार रुपैयाँ दिन पीडिकलाई आदेश दिएको थियो । तर, पन्चायतको उक्त आदेशले आफूहरूलाई अपमानित गरेको भन्दै पीडिकले पीडितको घरमा गएर किशोरीको जलाएर हत्या गरेका हुन् ।

ज्यूँदो छोरी जलिरहेको हेर्न विवश आमाबुवामाथि ती युवकहरूले निर्मम कुटपिट गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त घटनाको सूचना पाउनासाथ प्रहरीले आधी जलेको किशोरीको शव बरामद गरेको छ । पीडित परिवारले इटखोरी थानामा पीडकविरुद्ध उजुरी दर्ता गरेका छन् । आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले उनीहरूलाई खोजी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्