“प्रदेश १ को नामाङ्कन र स्थायी राजधानी चाँडै टुङ्गाइने” – मुख्यमन्त्री शेरधन राई

“प्रदेश १ को नामाङ्कन र स्थायी राजधानी चाँडै टुङ्गाइने” – मुख्यमन्त्री  शेरधन राई

पाँचथर, वैशाख २४ गते । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताउनुभएको छ ।

फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भन्नुभयो ।

संघीयता कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा जोड दिंदै मुख्य मन्त्री राईले अहिले संघीयता कार्यान्वयन गराउन नचाहने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउनुभयो ।

जनताका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति तोडिने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नं १ लाई समृद्ध बनाइनेमा पनि उहाँले जोड दिनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्