विराटनगर वडा-५ का जनप्रतिनिधीको फोटो टासी बाढीपिडीतले जुत्ता चप्पलको माला लगाए (फोटो फिचर)

विराटनगर वडा-५ का जनप्रतिनिधीको फोटो टासी बाढीपिडीतले जुत्ता चप्पलको माला लगाए (फोटो फिचर)

प्रेम देवान
विराटनगर २४ बैशाख । राहत प्याकेजमा नाम नआएको भन्दै विराटनगर महानगरपालिका–५ का बाढीपीडित यतिबेला चरणवद्ध आन्दोनलमा उत्रिएका छन् । गत बर्ष साउन २७ र २८ गते आएको भीषण बाढीले विराटनगरमा धेरैलाई घरविहीन बनाएको थियो ।
सरकारले उपलब्ध गराएको राहत प्याकेजमा सबै पीडितको नाम समावेश नगरेको भन्दै वडा समितिको कार्यालयमा विगत केहीयता आन्दोलित छन् । पिडीतहरुले कार्यलयमा कहिले तालाबन्दी त कहिले आगजनी जस्ता कार्य गरिहेका छन् । अहिले उनीहरु आईतबारदेखि अनसनमा बसेका छन् ।
गत साउनमा आएको बाढीले घरबारविहीन बनाए पनि राहत प्याकेजमा वडाअध्यक्षले आफ्ना पार्टीका कार्यकर्ता र नजिकका मान्छेको नाममात्र सिफारिस गरेको भन्दै कार्यलयको पर्खालमा जनप्रतिनिधीहरुको फोटो टासी जुता चप्पालको माला लगाईलिएका छन् । केही दिन अगाडी मात्र आन्दोलित भएका पीडितहरुले वडा कार्यालयमा कालो झण्डा गाड्नुका साथै टायर बाली आगजनी गरेका थिए । टायर बालेर आगजनी गर्नथालेपछि पिडीत र स्थानिय प्रहरीविच केहीबेर झडप समेत भएको थियो ।
स्थानीयस्तरबाट नाम संकलन गरेर लगेपनि वडाध्यक्षको मिलेमतोमा बाढीबाट क्षति नभएको व्यक्तिको नाम सिफारिस गरेको पिडीत भगवती कामतले आरोप लगाईन् । वडाध्यक्ष मीनकुमार आचार्यले आफूले कसैको नाम नहटाएको बताएका छन् । उनले यसरी बारम्बार वडा कार्यलयमा आन्दोन गर्नाले सेवा ग्राहीप्रति नोक्शान हुन गएको प्रेस विज्ञप्ती जारी क्षमायाचना मागेका छन् ।
यसअघि पनि विराटनगर महानगरपालिका सबै वडाका बाढीपीडितहरुले सरकारले उपलब्ध गराउने राहत प्याकेजमा आफ्नो नाम छुटेको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् । विराटनगर महानगरपालिकाले पूर्ण क्षति भएकोहरुका लागि १३ करोड ७९ लाख रुपैयाँ आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्