धर्मको आडमा गोली काण्ड: आफैलाई गोली हान्न लगाउने श्रीनिवासाचार्य पक्राउ

धर्मको आडमा गोली काण्ड: आफैलाई गोली हान्न लगाउने श्रीनिवासाचार्य पक्राउ

विराटनगर, २४ वैशाख ।
अरुलाई सिकाएर आफैमाथि गोली हान्न लगाएको आरोपमा प्रहरीले श्रीनिवासाचार्यलाई पक्राउ गरेको छ। आज बिराटनगरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका श्रीनिवासाचार्यलाई सार्बजनिक गरिएको हो । उनलाई पक्राउ गर्न पुर्ब पक्राउ परेका २ जनाले दिएको बयानका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरी आज बिराटनगरमा सार्बजनिक गरिएको हो । यस अघि २ जना लक्ष्मीराज अधिकारी र माधव चौधरीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बैशाख २० गते नै म्यादथप गरेर अनुसन्धान शुरु गरेको थियो । त्यसैको आधारमा उनलाई आज पक्राउ गरीएकोहो ।
चैत २५ गते बिहानको पौने २ बजे बिराटनगर १४ जतुवामा रहेको श्री राम जानकी मन्दिरको परिसरमा लाग्ने श्रीमद् भागवत् सप्ताह पुराणको लागि वाचन गर्न आएका सुनसरीको बराह नगरपालिका वडा न. ६ चक्रघटी बस्ने श्री निवास आचार्यलाई गोली प्रहार भएको थियो । घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित बिशेष प्रहरी अनुसन्धान टोलीले प्रहरी प्रधानकार्यालयको बिशेष ब्युरो, १ न. प्रदेश प्रहरी कार्यालय, संघिय प्रहरी ईकाई कार्यालय धरान तथा जि.प्र.का. मोरङले गरेको अनुसन्धानबाट उनले नै अन्य ब्यक्ति प्रयोग गरी गोली हानेको पाईएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणक्ुमार बिसीले जानकारी दिए ।
पक्राउ परेका भरतपुर ४ बेल चोक बस्ने बर्ष २९ को माधब चौधरीले प्रहरीलाई दिएको बयानका आधारमा श्रीनिवास आचार्यले गोली हान्न सिकाई धर्म र देशको लागि केहि गर्नुपर्छ भनी निजले नै उक्साई गोली सहितको पेस्तोल दिई हान्न लगाएको भनी बताएको बिसीले जानकारी दिए ।
त्यस्तै नवलपरासीको गैडाकोट नगरपालिका वडा न. ५ बस्ने बर्ष ३२ को खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीले प्रहरीलाई दिएको बयानमा उनले घरमा राखेको गोली सहितको पेस्तोलले श्री निवास आचार्यले भने पछि आफुले घरमा राखेको गोली सहितको पेस्तोलले आचार्यलाई हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
यस्तो छ कारण
हिन्दु राज्य कायम गर्नको लागि बिभिन्न चरणमा भएको आन्दोलनले सार्थक रूप नलिएपछि जनता र धर्मगुरूहरूलाई उक्साउनकोलागि गुरू श्रीनिवास आचार्यले आफ्ना बिश्वास पात्र लक्ष्मीराज अधिकारीलाई गोली सहित हतियारको ब्यवस्थापन गर्न लगाई गोली समेत हान्ने मानिस माधब चौधरीलाई खोजी प्रशिक्षण गराई उक्त घटना घटाएको प्रहरीले पुष्टी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्