पुर्ब डिआईजी र निलम्बित एसपीले अदालतमा बयान दिए

पुर्ब डिआईजी र निलम्बित एसपीले अदालतमा बयान दिए

विराटनगर, २४ बैशाख ।
साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या अभियोगमा अदालतमा मुद्दा चलाईएका पुर्ब डिआईजी गोबिन्द निरौला सहित बहालवाली एसपी विकासराज खानालले आज जिल्ला अदालतमा बयान दिएका छन् । त्यस्तै अर्का प्रहरी जवान बिष्णुबहादुर खड्का र अन्य अभियुक्तहरुसँग बयान चलिरहेको छ । अन्य अभियुक्तमा अमरमान डंगोल, तोलाराम थारु रहेका छन् । हिजोसम्म १५ जनाको बयान सकिएकोमा आज थप १० जनाको बयान सकिने क्रममा छ । । यरी बयान सकिएकाहरुमा राजनथापा, पुण्य प्रसाद लामा, गोपाल प्रसाद श्रेष्ठ, हेमन्त गौतम र राजु महर्जन रहेका छन् । उनीहरुको बयान दिउँसो ३ बजे सम्म सकिएको हो भने अन्य पुर्ब डिआईजी, निलम्बित एसपी सहित ५ जनाको बयान जारी रहेको छ । भोली मध्यान्हसम्ममा सबैको बयान सक्ने गरी बयान भईरहेको जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए । त्यस्तै भोली नै बयान सक्ने बितिकै मुद्दाको थुनछेक बहस शुरु हुने दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्