सुन तस्कर र सनम शाक्य हत्या काण्डमा संलग्न २७ जनाको बयान सकियो

सुन तस्कर र सनम शाक्य हत्या काण्डमा संलग्न २७ जनाको बयान सकियो

विराटनगर, २४ बैशाख ।
साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या अभियोगमा अदालतमा मुद्दा चलाईएका पुर्ब डिआईजी गोबिन्द निरौला सहित बहालवाली एसपी विकासराज खानालले आज जिल्ला अदालतमा बयान दिएका छन् । त्यस्तै अर्का प्रहरी जवान बिष्णुबहादुर खड्का र प्रहरीका सई बालकृष्ण सञ्जेलसँग पनि बयान सकिएको छ ।

त्यस्तै अमरमान डंगोल, तोलाराम थारुको समेत बयान सकिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । हिजोसम्म १५ जनाको बयान सकिएकोमा आज थप १२ जनाको बयान सकिएको हो । यसरी बयान सकिएकाहरुमा राजनथापा, पुण्य प्रसाद लामा, गोपाल प्रसाद श्रेष्ठ, हेमन्त गौतम, राजु महर्जन र अम्मर मगर रहेका छन् । भोली मध्यान्हसम्ममा सबैको बयान सक्ने गरी बयान भईरहेको जिल्ला अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए । त्यस्तै भोली नै बयान सक्ने बितिकै मुद्दाको थुनछेक बहस शुरु हुने दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्