यस्तो छ, एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको सुबिधा

यस्तो छ, एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको सुबिधा

विराटनगर, २४ वैशाख ।
मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक ब्यवस्था गर्न बनेको बिधेयक २०७५ पारित भएको छ । बिधेयकमा एक नम्बर प्रदेशको मुख्यमन्त्रीको तलव ६० हजार ९ सय ७० तोकिएको छ । त्यस्तै मन्त्रीको ५२ हजार, राज्य मन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार पारिश्रमिकको ब्यवस्था गरिएको हो ।
मुख्यमन्त्रीको सुबिधा
एक नम्बर प्रदेशका मुख्यमन्त्रीले आवास सुबिधा ३० हजार मासिक प्राप्त गर्नेछन् । २ वटा गाडी प्राप्त गर्ने छन् । त्यस्तै मासिक २ सय ५० लिटर ईन्धन, मोबिल १५ लिटर, सञ्चार सुबिधा मासिक ३ हजार, धारा बिजुली बिल अनुसार पाउने छन् । त्यस्तै दैनिक तथा भ्रमण भत्ता देशभित्र प्रतिदिन ३ हजार, दैनिक तथा भ्रमण भत्ता विदेश २२५ अमेरिकी डलर हरेक दिन प्रप्त गर्नेछन् ।
प्रदेश मन्त्री
मन्त्रीको मासिक पारिश्रमिक ५२ हजार हुनेछ । २० हजार मासिक घरभाडा प्राप्त हुने छ भने उनले एउटा गाडी प्राप्त गर्नेछन । सवारी ईन्धन पेट्रोल २ सय लिटर प्राप्त हुनेछ भने मोबिल १० लिटर, संचार २ हजार पाँच सय, धारा बिजुली २ हजार ५ सय प्राप्त गर्ने छन् । त्यस्तै दैनिक तथा भ्रमण भत्ता स्वदेशको लागि दैनिक २५ सय र बिदेशको लागि अमेरिककि डलर दैनिक २ सय प्राप्त गर्ने ब्यवस्था गरिएको छ ।
राज्यमन्त्रीको हकमा
राज्यमन्त्रीले भने ४९ हजार पारिश्रमिक प्राप्त गर्नेछन् । त्यस्तै घरभाडा २० हजार, सवारी साधन एउटा, ईन्धन १५० लिटर, मोबिल ७ लिटर, संचार सुबिधा २ हजार, धारा बिजुली २ हजार, दैनिक भ्रमण भत्ता २ हजार स्वदेश र बिदेशमा १५० अमेरिकन डलर प्राप्त गर्नेछन् ।
सहायक मन्त्री
सहायक मन्त्रीले भने मासिक ४७ हजार तलव प्राप्त गर्ने ब्यवस्था गरिएको छ । त्यस्तै आवास सुबिधा २० हजार, सवारी एउटा, ईन्धन मासिक १ सय २५ लिटर, मोविल ७ लिटर, संचार सुबिधा २ हजार, धारा बिजुली २ हजार, दैनिक भ्रमणभत्ता स्वदेश २ हजार र , विदेशमा १७५ अमेरिकी डलरमा प्राप्त गर्ने ब्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्