अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चारवर्ष यताकै महंगो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चारवर्ष यताकै महंगो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्द गर्न सक्ने सम्भावना अधिक देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार प्रति ब्यारेल ७०.५२ डलर भन्दा बढी पुगेको छ । उक्त मूल्य २०१४ पछिकै सबैभन्दा उच्च भएको सीएनएनले बताएको छ ।

पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा २०१५ मा स्थापित गरिएको परमाणु सम्झौतापछि ईरानले आणविक कार्यक्रममा रोक लगाउने भएको थियो भने त्यसको बदलामा अमेरिकाले ईरानमाथिको प्रतिबन्ध हटाइ आर्थिक कारोबार पुनः सूचारु गरेको थियो । तर ट्रम्प प्रशासनको सुरुवातसँगै रद्द हुने स्थितिमा पुगेको सो सम्झौताबारे अन्तिम फैसला गर्न अहिले ट्रम्पसँग केबल शनिबार सम्मको समय अवधि रहेको छ ।

यस्तोमा ट्रम्पले सम्झौताबाट पछि हट्ने निर्णय लिने हो भने ईरानबाट तेलको आपूर्ति ठप्प हुनेछ । जसकारण अर्थविद्हरुले आगामी दिनहरुमा अहिलेको भन्दा धेरै मूल्य वृद्धि हुन सक्नेबारे चेतावनी दिइसकेका छन् भने उता ट्रम्पलाई अन्तर्राष्ट्रिय समुदायले सम्झौता रद्द नगर्न लगातार दबाब दिइरहेको छ ।

अब आउँदो शनिबारसम्मका लागि अन्तराष्ट्रिय बजार ट्रम्पकै निर्णयको पर्खाइमा रहिरहने हुँदा मूल्य वृद्धिको क्रम झन् बढ्न सक्ने बताइएको हो । यसरी ईरानबाट तेलको निर्यात पूर्ण रुपमा ठप्प हुने हो भने त्यसले प्रतिदिन १० लाख ब्यारलको सप्लाइमा प्रभाव पार्ने बताइएको छ ।

एक ब्यारेल करिब १६० लिटर बराबर हुन्छ । यसैका कारणले भारत, जापान र दक्षिण कोरियाले भने ईरानसँगको तेल कारोबार अन्त्य गर्न सक्ने विज्ञहरुको भनाइ छ । तरपनि ईरानबाट निर्यात ठप्प हुँदा विश्वभरका सम्पूर्ण बजारमा त्यसको असर देखा पर्ने निश्चित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्