श्रीनिवासलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा

श्रीनिवासलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा

विराटनगर, बैशाख २५ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु श्रीनिवासलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइएको छ ।

प्रहरीले आचार्यविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मंगलबार मुद्दा दर्ता गराएको हो ।

त्यस्तै गोली काण्डमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख अरुण बीसीले जानकारी दिएका छन् ।

चौधरी आचार्यका अंगरक्षक हुन् आचार्यको निर्देशनमा उनले नै गोली हानेका थिए भने अर्का आरोपी अधिकारीले हतियारको व्यवस्थापन गरेका थिए ।

आचार्यको योजनाअनुसार नै आफूले गोली हानेको चौधरीले बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्