अत्याधिक हावाहुरीका कारण भारतकाे १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी

अत्याधिक हावाहुरीका कारण भारतकाे १३ वटा राज्यमा ४८ घन्टे ‘हाइ अलर्ट’ जारी

नयाँ दिल्ली- अत्याधिक हावाहुरीका कारण भारतको जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट जारी गरेको छ । यो समयमा आमनागरिकलाई भारत सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।
मौसम विभागले आगामी ४८ घन्टामा मौसमले जस्तोसुकै रुप लिनसक्ने भन्दै आमनागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

केन्द्रीय सरकार नयाँ दिल्ली सरकारले मंगलरबारका लागि स्कुल बन्द गरेको छ । भूविज्ञान मन्त्रालयलाई उद्धृत गर्दै दिल्ली सरकारले दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म तीव्र हावाहुरी चल्ने बताएको छ । ५०–५० किमिको तीव्र आँधी आउने चेतावनी दिँदै दिल्ली पुलिसले बाहिर निकिस्नुअघि मौसमबारे बुझ्न आग्रह गरेको छ ।

यो हप्तामात्र भारतमा आँधीका कारण १ सय २४ जनाले ज्यान गुमाएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् ।

भारतीय भूविज्ञान मन्त्रालयका अनुसार दिल्लीका अलावा राजस्थान, हरियाणा, चण्डिगढ, उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, सिक्किम, उडिसालगायतका राज्यमा मौसमको प्रभाव पर्नेछ ।

राजस्थानमा पर्ने भारत–पाकिस्तान सीमामा पनि मौसम परिवर्तन भएको भन्दै हाइअलर्ट जारी गरिएको छ । एक्कासी आएको आँधीले जनजीवन प्रभावित बनाएपछि स्थानीय सरकारले त्यहाँ जनतालाई सतर्क रहन आग्रह गरेको छ ।

यता हरियाणामा पनि मौसम बिग्रिने आशंकामा स्कुन बन्द गरिएको छ । स्कुल बन्द भएपछि त्यहाँका मुख्यमन्त्रीले चासो व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्राइभेट स्कुलहरुले भने केन्द्रीय सरकारले नै कतिपय राज्यमा हाइअलर्ट गरेको भन्दै आफूहरु पनि सतर्क रहन स्कुन बन्द गरेको उल्लेख गरेको छ । हरियाणामा दुई दिन स्कुल बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्