एक नम्वर प्रदेश सभा बैठक : कांग्रेस न ‘हुन्छ’ भन्छ नत ‘हुन्न’ नै

<span class='c1'>एक नम्वर प्रदेश सभा बैठक : कांग्रेस</span> <span class='c2'>न ‘हुन्छ’ भन्छ नत ‘हुन्न’ नै</span>

विराटनगर, २६ वैशाख ।
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोस्, विपक्षमा हुनेले हुन्न भन्नुहोस् । प्रदेश सभा बैठकमा विधेयक निर्णायार्थ पेश गर्दै सभामुख भन्छन् । विधेयकको पक्षमा हुनेले हात उठाएर भन्छन् हुन्छ । फेरी सभामुख उक्त प्रस्ताव बारे भन्छन्, विपक्षमा हुनेले हुन्न भन्नुहोस् । प्रदेश संसदको पहिलो अधिवेशन अन्त्य हुने अबस्थामा पुगिसकेको छ । तर अहिलेसम्म हुन्न भन्ने आवाज सुनिएको छैन ।

सदनबाट एक नियमावली र १२ बिधेयक सर्बसम्मतीले पारित भएका छन् । कतिपय बिधेयकका सवाललमा विपक्षी रहेको संघिय समाजवादी फोरम, राप्रपा र लिम्वुवानका सांसदले हात उठाएर समर्थनमा हुन्छ भनेको सुनिन्छ तर प्रमुख विपक्षी कांग्रेसका सांसदले न हुन्छ भन्छन् नत हुन्न नै । विधेयक पारित हुने बेला प्रायः वैठकमा सभामुख प्रदीप कुमार भण्डारीले विपक्षी तर्फ नजर लगाएर विपक्षमा हुने सदस्यले हुन्न भन्नुहोस् भन्ने गरेका छन् । तर यस्तो आग्रह विच कांग्रेसका सांसद मौनता साँधेरै बस्ने गरेका छन् । सरकारले प्रतिपक्षकै सदन हो भन्ने स्वीकार गरेको छ ।

मन्त्री परिषदले पनि आजसम्म छलफल कै थिती बसालेको छ । सदनमा सोमबार कांग्रेस सचेतक केदार कार्कीले भने छलफलको परम्परा तोडिए प्रतिपक्षको भुमिका खोजौँला । उनले प्रदेश सांसद तथा पदाधिकारीको पारिश्रमिक र सेवा सुबिधा सम्बन्धि ब्यवस्था गर्न बनेको बिधेयक माथिको छलफलमा सरकारकै समर्थनमा बोलेका थिए । अन्नपुर्ण पोस्टले खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्