मोरङबाट नौ महिनामा ५ सय ८४ महिला बालबालिका हराए, हराएका ब्यक्ति कहाँ छन् ?

<span class='c1'>मोरङबाट नौ महिनामा ५ सय ८४ महिला</span> <span class='c2'>बालबालिका हराए, हराएका ब्यक्ति कहाँ छन् ?</span>

विराटनगर, २६ बैशाख ।
पछिल्लो समयमा मोरङमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै जानथालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो केही बर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिका हराउने संख्या बर्षेनी बढ्दै गएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय मोरङको महिला तथा बालबालिका शाखाले मानिस हराएका उजुरीमा बर्षेनी बृद्धी हुँदै जान थालेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आर्थिक बर्ष २०७४-०७५को पछिल्लो नौ महिनामा मात्रै ५ सय ८४ जना मानिस हराएको उजुरी दर्ता भएको छ । आर्थिक बर्ष २०७१-०७२ मा ३ सय ६७ जना हराएका थिए । त्यस्तै २०७२-०७३ मा ४सय ११ जना हराएका थिए भने आर्थिक बर्ष २०७३-७४ को असार मसान्तसम्ममा ६ सय ३४ जना हराएका थिए । यसरी हराउनेमा महिलाको संख्या बढी रहेको छ । उद्घोष दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्