हावाहुरीसँगै आएको पानीले यसरी डुब्यो विराटनगरको भानुटोल, घर भत्किँदा च्यापिएर एकको मृत्यु

हावाहुरीसँगै आएको पानीले यसरी डुब्यो विराटनगरको भानुटोल,  घर भत्किँदा च्यापिएर एकको  मृत्यु

विराटनगर, २६ वैशाख । आज बिहान भएको बर्षाको कारण बिराटनगरको बसपार्क पुर्बको भानुटोलमा यसरी घरमा पानी पसेको थियो । एक्कासी असिना पानी र हावा हुरीसँगै भएको बर्षाले बैशाख अन्तीममा नै बिराटनगरको केही घरहरु डुबेका हुन । उनीहरु बिहानभरी  पानी फाल्दै गरेको अबस्थामा देखिन्थे ।

आज बिहान आएको हावाहुरीले घर भत्किँदा धनुषामा एक जनाको ज्यान गएको छ ।घर भत्किँदा च्यापिएर धनुषा क्षिरेश्वरनाथ नगरपालिका–५ अर्जनमा बस्ने ५८ वर्षका दुखीदास तत्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेको बेला घर भत्किँदा च्यापिएर घटना स्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक रामनरेश सिंहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्