विराटनगरमा विकास नाम मात्रको, मिल्सएरियामा निर्माण भएको नाला एक हप्ता नपुग्दै भत्कियो

<span class='c1'>विराटनगरमा विकास नाम मात्रको, मिल्सएरियामा निर्माण</span> <span class='c2'>भएको नाला एक हप्ता नपुग्दै भत्कियो</span>

विराटनगर २६ बैशाख ।
विराटनगरमा पछिल्ला दिनहरुमा विकासको कामले गति लिईरहेको अबस्था छ । तर ति काम कसरी हुँदै छ त्यो खोजीको बिषय बन्दै आएको छ । आवर विराटनगरले हरेक हप्ता एउटा विराटनगरको विकासँग सम्बन्धित बिषयहरुको खोजी गर्दै आएको छ । ओबिको यो अभियानको क्रममा हामीले विकासको काममा ठुला ठुला लापरवाहीहरु भेटेका छौ । विकासको काम एक त ढिला भईरहेको छ भने अर्को तर्फ भएका काम पनि लामो समय नटिक्ने खतरा पनि उसैगरी देखिएको छ । आवर विराटनगर सहकर्मी प्रेम देवानले तयार पारेको स्थलगत रिपोर्ट ।
अहिलेको विराटनगर १ नम्बर प्रदेशको स्थायी राजधानीको रुपमा स्थापित हुने क्रममा छ । बिराटनगरलाई नै स्थायी राजधानी बनाउनु पर्छ भनेर दलहरु लागिरहेका छन् भने मन्त्री र सांसदको चासो पनि बिराटनगरलाई नै स्थायी राजधानी बनाउनु पर्छ भन्नेमा देखिन्छ । केही दिन अघि मात्र एक नम्बर प्रदेशका मुख्यमन्त्रीले एक अनौपचारिक कुराकानीमा अन्तिम समयमा विराटनगर नै स्थायी राजधानीको रुपमा घोषणा हुने बताएका थिए । उनले भनेको यो बिषय अनी स्थानीय रुपमा लागेका मन्त्री र सांसदका कुराले स्थायी राजधानीको सवाल बिराटनगरको ऐतिहाँसिकता र विकाससँग पनि जोडिन्छ । एक नम्बर प्रदेशको अस्थयी राजधानीलाई स्थायी राजधानीको रुपमा अघि सार्नको लागि भौतिक पुर्बाधारका कामले पनि अर्थ राख्ने सांसदहरु बताउँछन् । त्यसैलाई आधार मानेर विराटनगरको विकासको कामलाई तिब्र पारिएपनि विकासको काम भने गतिलो गरी भएको छैन ।
विराटनगर महानगरपालिकामा निर्मित नाला तथा सडकहरु निर्माण पुरा नहुँदै भत्किनु अब नौलो कुराहुन छाडिसकेको छ । नगररवासीले त्यस्ता बिषयलाई अनौठो मान्न छाडिसकेको छन् । अहिले विराटनगर महानगरपालीका भित्र अर्बौको लगानीमा सडक तथा नाला बनाउने काम भईरहको छ ।
तर त्यही करोडौ लगानी भएको भौतिक संरचना बनाएको एक हप्ता पनि नपुग्दै भत्कन थाल्छ भने त्यसको जिम्मेवार को बन्ने ? परियोजना महानगरपालिकाको भएकोले यसको नैतिक जिम्मेवारी महानगरले नै लिनुपर्छ ।
विराटनगरको सुन्दरतासँग हेरिएको मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगर्त नगरभित्र धमाधम काम भईरहेको छ । करोडौको लगानीमा बन्दै गरेका संरचना निर्माण गरेको एक हप्तामा नपुग्दै भत्कन थालेको छ । त्यसको पुष्टी बिराटनगर महानगरपालिकाको मिल्स एरियामा निर्माण भईरहेको नालाको कामले पुष्टी गर्छ । हरेक दिन बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सहितको टोलीले अनुगमन गरेपनि ठेकेदार तथा उपभोक्ता समितिको बदमासीका कारण यस्ता समस्या आई नै रहेका छन् । विकास निर्माणका काम गुणस्तरहीन र कमशल खालको रहेको स्थानीयले आरोप लगाउँदै आएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १५ मिल्सएरियामा बनेको पक्की नाला एक हप्ता पनि नपुग्दै यसरी भत्कीएका छन् ।

सडकको लम्बाई बढाउने भन्दै घरको आधार भाग काटेर नाला निर्माणका लागि दिएकी स्थानीय विजुली देबिले दिएकी थिईन् । तर अहिले नाली निर्माण गरेको एक हप्ता नहुँदै भत्किएको उनले गुनासो गरिन् । ‘नाला निर्माणपछि सडकको मुहार फेरिने भयो भनेर आशामा बसेका थियौ तर बनाएको एक हप्ता मै नाला भत्कीयो, विजुलीले भनिन् ।
मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगर्त नाला तथा सडक बनाउने ठेक्का पाएको आशिष कन्स्ट्रक्सनका कर्मचारीहरुले निर्माण कार्यमा कमशल सामाग्रीको प्रयोग गरेको कारण नाला एक एक हप्ता मै भत्कीएको स्थानीय विद्यानन्द साहले बताए । केठेदार कम्पनी भने निर्माणको काममा कमशल खालको सामाग्री प्रयोग नगरेको दावी गर्छ । नाला निर्माण गर्नको लागि चाहिने प्रयाप्त मात्रामा सामाग्री प्रयोग गरेको दावी गरिरहेको छ, गल्ती स्वीकार गर्नुको सटो उल्टै बर्षालाई दोष दिईरहेको छन् । स्थानीयले पटक पटक महानगरपालिकालाई जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको स्थानीयको आरोप छ । यसरी करोडौ लगानीमा निर्माण गरिएको संरचना बनाएको भोली पल्टै भत्कन थाल्नुले विकासको नाममा विनाश भईरहेको स्थानीयको आरोप छ । अहिलेको नियमन गर्ने तथा स्वीकृत गर्ने जिम्मेवारी पाएको वडा कार्यालय तथा वडा सदस्यहरु यस्ता कामको गुणस्तरको अनुगमन गर्न भन्दापनि रमिते बन्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्