समाचार प्रभाव- लामो समय अटेर गरेका समन्वय समितिका प्रमुख पोखरेल अन्ततःवाहिरिए

समाचार प्रभाव- लामो समय अटेर गरेका समन्वय समितिका प्रमुख पोखरेल अन्ततःवाहिरिए

बिराटनगर,२६ बैशाख । जिल्ला समन्वय समिति मोरङले एक नम्वर प्रदेशको प्रदेशसभालाई भवन हस्तान्तरण गरेको छ। समन्वय समितिका प्रमुख नरेश पोखरेलले बिराटनगरमा आज पत्रकार सम्मेलन गरी १ नम्वर प्रदेशको स्थायी राजधानी बनाउन समितिको भवन प्रदान गरेको वताए ।
जिल्ला समन्वय समितिको परिसरमा १ विघा ४ कठ्ठा जग्गामा रहेको भवन अहिलेसम्म समितिको स्वामित्वमा रहेको थियो । लामो समयदेखी जिल्ला विकास समिति संचालन हुदै आएकोमा त्यो खारेज भएपछी स्थानिय तहको निर्वाचन सँगै सोही कार्यालयमा जिल्ला समन्वय समितिको कार्यालय संचालन हुँदै आएको थियो ।
१ नम्वर प्रदेशको अस्थायी मुकाम तोकिएसँगै जिल्ला समन्व समिति मोरङको सभाहललाई प्रदेश सभाहलको रुपमा प्रयोगमा ल्याईएसँगै प्रमुख पोखरेलले कार्यालय सार्न असहमती जनाउँदै आएका थिए । जिल्ला समन्वय समिति सार्नको लागि बिभिन्न तहबाट पटक पटक पहल गर्दा पनि उनले अटेर गर्दै कार्यालय खाली गराएका थिएनन् ।
यसअघि कार्यालय सार्न अटेर गरेको बिषयमा आवरबिराटनगर डट नेटले जिल्ला समन्वय समितिका प्रमुखद्धारा आफ्नै पार्टीको सरकारलाई असहयोग भनी समाचार प्रकाशित गरेको थियो । त्यसको केही दिन भित्रै आज उनले पत्रकारसम्मेलन नै गरेर कार्यालय खाली गराएको जानकारी दिए ।
जिल्ला समन्वय समिति जनतासँग प्रत्यक्ष जोडिने संस्था रहेकोले संसद सचिवालय र जिल्ला समन्वय समिति सँगै राख्दा असुरक्षा बढेको भन्दै संसदमा कुरा उठ्दै आएको थियो । प्रदेश सभा सचिवालय र समन्वय समिति एकै ठाउँमा रहन नसक्ने भएकाले समन्वय समितिको २०७५ साल बैशाख २२ गतेको निणर्य अनुसार जिल्ला समन्वय समितिको मुख्य प्रशासनिक सम्पुर्ण भवन प्रदेश सभालाई दिएको प्रमुख पोखरेलले जानकारी दिए ।

https://ourbiratnagar.net/2018/05/53567

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्