ईटहरी उपमहानगरपालिकाका मेयरमाथि हातपात

ईटहरी उपमहानगरपालिकाका मेयरमाथि हातपात

विराटनगर, २७ वैशाख ।
ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीमाथि हातपातको प्रयास भएको छ । ईटहरी तुलसाटोबाट आएको एक टोलीमा संलग्न रहेको केही ब्यक्तिले बुधवार दिउँसो हातपातको प्रयास गरेका हुन् । खेतीपैनी बचाउ संघर्ष समितिको नाममा आएका स्थानीयले मेयर चौधरीलाई नगरपालिका परिसार भित्रै बाटोछेकेर हातपातको प्रयास गरेका थिए । ईटहरीको खेतीखोला मिचेर बनाईएका संरचना भत्काएको लामो समय बित्दापनि वास्ता नगरिएको र बर्षा लागिसक्दा समेत त्यसै छाडिएको भन्दै डेलिगेशनका लागि टोलीवासी नगरपालिका पुगेका थिए ।

संरचना भत्काईँदा त्यसले कटानको संभावना बढाएको संघर्ष समितिको भनाई छ । बाहिर निस्किएका मेयरलाई बाटोछेकेर दुब्र्यृवहार गरेको प्रत्यक्षदर्शी महेश्वर कार्कीले बताए । ‘कार्यालयमा छलफल हुँदा मेयर साहेवले ४ र ५ नम्बर वडाका वडाध्यक्षलाई राखेर ३ बजे छलफल गराँै भनेर बाहिरिनु भएको थियो, कार्कीले भने, कार्यकक्षबाट बाहिरिएपछि हाम्रो कुरा नसुन्ने? भन्दै आएर बाटो छेके ।’ टोलीवासीले बाटोछेकेपछि केहीबेर ठेलमठेल भएको बताईएको छ । ईलाका प्रहरी कार्यालय नजिकै रहेकोले कार्यालयको सानो गेटबाट प्रमुख चौधरी कार्यालय प्रवेश गरेका थिए । घटना पछि उपमहानगरपालिकाले विज्ञप्ती जारी गर्दै दोषीमाथि कार्वाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्