एक नम्बर प्रदेशको हिउँदे अधिबेशन सकियो, स्थायी राजधानीको बिषय अलमलमा

एक नम्बर प्रदेशको हिउँदे अधिबेशन सकियो, स्थायी राजधानीको बिषय अलमलमा

विराटनगर, २७ बैशाख ।
बैठकबाट एकै दिन ५ वटा बिधेयक पारित भएका छन् । बुधवारको बैठकको अन्त्यमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्यगर्ने पत्र पढेर सुनाएका थिए । पत्रकै ब्यहोरा वाचन गर्नुअघि सभामुख भण्डारीले हिउँदे अधिवेशनमा भएको मुख्य उपलब्धीको बारेमा बैठकमा जानकारी गराएका छन् । आफ्नो निजी अनुभवको रुपमा प्रदेश संसदको अभ्यास गर्ने मौकालाई नौलो अनुभव भएको उनले सुनाए । प्रदेशसभा संचालनको क्रममा सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलहरुले सौहाद्रताका साथ मिलेर अघि बढ्न गरेको प्रयासको प्रशंसा गरे ।
संसद भित्रका हरेक गतिबिधिहरुमा प्रदेश सभाका सदस्य र कर्मचारीको अतुलनिय सहयोग प्राप्त भएको सुनाउँदै कानुन निर्माणमा अन्य प्रदेश भन्दा एक नम्बर प्रदेश सभा ऐतिहाँसिक रुपमा सफल भएको उनले बताए । संसदका गतिबिधिहरुलाई बाहिर ल्याएर नागरिकलाई सुशुचित गरेको भन्दै सभामुख भण्डारीले सम्पुर्ण संचार क्षेत्रलाई समेत धन्यवाद दिए । बुधवारको बैठकमा संघिय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले संघिय लोकतान्त्रीक गणतन्त्रको उपलब्धिका कारण आफुहरु यहाँसम्म आईपुगेको स्मरण गरे ।
मुख्यमन्त्री भन्छन्, राजधानी र नामको बिषयमा रमिता नदेखाउँ
प्रदेश संसदमा बुधवार दोश्रो पटक सम्बोधन गरेका मुख्यमन्त्री शेरधन राईले सकेसम्म सहमतीकै माध्यामबाट प्रदेशको राजधानी र नामांकरण टुंगो लगाईने बताएका छन् । सरकारले परिपक्व ढंगले छलफल चलाए राजधानी र नामांकरणको बिषय टुङ्गो लगाउन चाहेको मुख्यमन्त्री राईले स्पष्ट पारे । बिभिन्न प्रकारका भावनात्मक प्रभाव र दवावमा परेर एवम् दुनियाँलाई रमिता देखाएर राजधानी र नामाङ्करणको बिषयमा अगाडी बढ्न नसकिने उनले ठोकुवा गरे । प्रदेश सरकारलाई विवाद र झमेलामा फसाउने प्रपञ्च भईरहेको भन्दै मुख्यमन्त्री राईले भने ‘कसैको भावना दवाव वा एसो र उसो भनेर सरकार बहकिएको छैन, हामीले अनाबस्यक विवाद र झमेलामा फस्न सुहाउँदैन ।’ उनले प्रदेशको राजधानी तोक्ने र नामाकरणको बिषयमा संसदका सबै दलहरुसँग परामर्श थालेको जानकारी दिए । उद्घोष दैनिकमा खबर छाएिको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्