धरानमा यातायात ब्यवसायीको सिण्डिकेट कायमै, कांग्रेस एमाले नेताको साथ

धरानमा यातायात ब्यवसायीको सिण्डिकेट कायमै, कांग्रेस एमाले नेताको साथ

धरान, २७ बैशाख।
सरकराले यातायात क्षेत्रको सिण्डिकेट खारेज गरेको भएपनि पुर्बका सवारी सधनले सिण्डिकेट अझै हटाएका छैनन । उनीहरुको दादागी अझै कायमै रहेको देखिन्छ । बिराटनगर, धरान, ईटहरी लगायतका बसपार्कबाट दैनिक संचालन हुँदै आएका ३ हजार बढी सवारी साधनहरुमा ब्यवसायीले दादागिरी शैलीमा सिण्डिकेटलाई कायमै राख्दा समेत स्थानीय प्रशासन यो बारेमा चुईक सम्म बोल्न सकेको छैन। धरानमा मुख्य कार्यालय खोलेर दर्ता गरिएका कोशी बस ब्यवसायी संघ, पुर्बाञ्चल यातायात ब्यवसायी संघ, संयुक्त बस ब्यवसायी संघले सिण्डिकेटलाई निरन्तरता दिँदै आएका छन् । त्यस्तै धरानमा प्रधान कार्यालय रहेको पुर्ब नेपाल यातायात ब्यवसायी संघले पनि सिण्डिकेटलाई निरन्तरता दिँदै आएको छ ।

पुर्बबाट संचालित यातायात साधन संचालनको (सिण्डिकेट) नेतृत्व कोशी बस ब्यवसायि संघका अध्यक्ष तथा नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुबेदी, पुर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस ब्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु र सप्तकोशी बस ब्यवसायी संघका सचिव हरि थापाले गर्दै आएका छन् । यहाँका ४ वटै संघले आफ्नो संस्थामा दर्ता नभएका सवारी साधन संचालनमा प्रतिबन्ध लगाउँदै आएका छन् । धरानबाट तराईका जिल्लाहरुमा चल्ने सवारी साधनहरु छुटफुट रुपमा संचालन भएपनि पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम चल्ने यातायातका साधनहरु संचालनमा ब्यवसायीले सिण्डिकेटलाई निरन्तरता दिईरहेका हुन् ।अन्नपुर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्