भारत र पाकिस्तानमा भूकम्पको धक्का

<span class='c1'>भारत र पाकिस्तानमा</span> <span class='c2'>भूकम्पको धक्का</span>

नयाँदिल्ली, इस्लामावाद (रासस/सिन्ह्वा) । भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ ।

भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए । तर कुनै ठूलो क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको अधिकारीहरूले बेलुका बताएका छन् ।

त्यसैगरी पाकिस्तानमा गएको भूकम्प ६.४ म्याग्नीच्युडको मापन गरिएको छ । राजधानी इस्लामाबाददेखि अफगानिस्तानसँगको सीमा क्षेत्रसहित देशका विभिन्न ठाँउमा भूकम्पको महशुस गरिएको जनाइएको छ । भूकम्पका कारण राष्ट्रियसभाको बैठक पछाडि सारिएको थियो । पाकिस्तानमा पनि भूकम्पबाट कुनै मानवीय क्षति भएको विवरण भने नआएको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्