सुन प्रकरण र सनम शाक्यको हत्याका आरोपीविरुद्ध आजदेखि थुनछेक बहस

सुन प्रकरण र सनम शाक्यको हत्याका आरोपीविरुद्ध आजदेखि थुनछेक बहस

विराटनगर, बैशाख २७ । अहिले चर्चामा रहेको साढे ३३ किलो सुन प्रकरण र  उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका ३० जना अभियुक्तविरुद्व आजदेखि मोरङ जिल्ला अदालतमा थुनछेकको बहस हुने छ  ।

उनीहरु सबै अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलाशमा हुँदैछ । पक्राउ परेकामध्ये वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी र प्रहरी हवल्दार अमरबहादुर थापा मगरलाई अनुसन्धानका निम्ति प्रहरीले म्याद थप नगरिकन सिधै पक्राउ पुर्जी थमाएर अदालतमा उपस्थित गराएको थियो ।

अदालतमा बयान दिएका प्रहरी अधिकारीले घटनामा आफूहरूको संलग्नता अस्वीकार गरेका छन् ।एसपी लोहनी र डिएसपी केसीले असल काम गर्दा आफूहरू जबर्जस्त फस्नु परेको बयान दिएका छन् ।सुन तस्करी र शनम हत्या अभियोगमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् ६३ जनाविरुद्ध गत बुधबार अलग–अलग मुद्दा दर्ता गरेको थियो । जसमा प्रहरी सेवासँग जोडिएकाको संख्या ८ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्