साढे ३३ किलो सुनकाण्ड : सरकारको तर्फबाट ३ वकिलले बहस गरे

साढे ३३ किलो सुनकाण्ड : सरकारको तर्फबाट ३ वकिलले बहस गरे

विराटनगर, २७ वैशाख ।
साढे ३३ किलो सुनसँग जोडिएको ३० जना अभियुक्तको बारेमा बहस आज देखि जिल्ला न्यायाधिश नारायण प्रशाद शर्माको ईजलाशमा शुरु भएको छ । आज देखि शुरु भएको बहसमा सरकार वादीको तर्फबाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । यसरी बहस गर्ने नेपाल सरकारका वकिलमा महान्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता गोपाल रिजाल, मोेरङ जिल्ला सरकारी वकिलका न्यायाधिवक्ता पुण्य पाठक र धनकुटाका जिल्ला न्यायाधिवक्ता मनोज आचार्यले सरकारको तर्फबाट बहस गरेका हुन् । भोली बाँकी ५ जना सरकारी वकिलले बहस गरेपछि प्रतिवादीको तर्फबाट प्रतिरक्षाको लागि वकिलहरुले बहस गर्ने जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । नेपाल सरकारको तर्फबाट ८ जनाले र प्रतिवादीको तर्फबाट ५० बढी वकिलले बहस गर्ने कार्यक्रम रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्