सामाजिक विकासमन्त्री घिमिरे अभिभावक बन्न ईलामको माङसेबुङ पुगे

<span class='c1'>सामाजिक विकासमन्त्री घिमिरे अभिभावक</span> <span class='c2'>बन्न ईलामको माङसेबुङ पुगे</span>

विराटनगर, २७ बैशाख ।
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे ईलामको माङ्सेबुङ गाउँपालिकामा रहेको श्री बिद्या सिर्जनात्मक माध्यामिक बिद्यालयकी एक छात्राको अभिभावक बन्न पुगेकाछन् । विद्यार्थी भर्ना अभियान २०७५ अन्तरगत माङ्सेबुङ ४ मार्चेबुङकी मनिहाङवा साम्बाको अभिभावकत्व ग्रहरण गर्दै बिद्यार्थी भर्ना स्टेशनरी र पोसाक मन्त्री घिमिरेले उपलब्ध गराउँदै अभिभावकत्व ग्रहण गरेका हुन । उनले साम्बालाई कक्षा ९ मा भर्ना गरेका हुन् ।
विद्यालयको ३५ औ बार्षिक उत्सवको अबसरमा सहभागी हुन पुगेका मन्त्री घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै बिद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई बिद्यालयमा ल्याउनको लागि एउटा ब्यक्ति लाग्न भन्दा पनि त्यसको दायित्व समुदाय र सबै अभिभावकको रहेको बताए । प्रदेश सरकारले कोही बालबालिका नछुटुन् भन्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालय तथा स्थानीय तह मार्फत हरेक बिद्यालय र अभिभावक सम्म पुग्नको लागि बिद्यार्थी भर्ना अभियानलाई घर घर सम्म पुर्याउने काम गर्दै छुटेका बालबालिकालाई बिद्यालयसम्म ल्याउने काममा सबैलाई लाग्न आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक देवीसरण ढकालले बिद्यालय क्षेत्रभित्रका अभिभावक सचेत रहेकोले बिद्यालय पठाउने काम गरेको भएपनि बिद्यालय छाड्ने दर बढी रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्