मोदीको भ्रमणले जनकपुरमा विकासको नाममा करोडौँ भ्रष्टाचार, रातारात काम हुँदै (भिडियो सहित)

मोदीको भ्रमणले जनकपुरमा विकासको नाममा करोडौँ भ्रष्टाचार, रातारात काम हुँदै (भिडियो सहित)

जनकपुरधाम, २७ वैशाख  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली जनकपुर आउने कार्यक्रम तय भएसँगै अहिले यो रातीको १० बजेर १३ मिनेट जाँदा पनी निर्माणको काम भमाधम भईरहेको छ। रातीको समयमा सडकमा डोजर र लोडर रातारात सडक पिच गर्ने काममा ब्यस्त देखिएका छन् । भोली बिहान ९ बजे मोदी जनकपुर जाने कार्यक्रम तय भएको हो । नेपाल सरकारको निम्तामा नेपाल भ्रमणमा आउन लागेका मोदी बिहानै जनकपुर आउने कार्यक्रम तय भएको हो । मोदी भोलि जनकपुर आउने भएपछि उनको कारगेटको रुट पर्ने जनकपुर को क्याम्पस चोक देखी भ्रमपुरा चोकसम्म अहिले राति हतार हतारमा पिच बनाउने काम भइरहेको छ ।

https://www.youtube.com/watch?v=urrVB7T1Owc&feature=youtu.be

मोदीको आसन्न जनकपुर भ्रमणलाई भव्य र ऐतिहासिक बनाउन भन्दै प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले लखौं रकम खर्च गरिरहेका छन् । विशेष गरी मोदी आउने रुट तथा मोदीलाई नागरिक अभिनन्दन गरिने र उनले सम्बोधन गर्ने स्थल जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्र बिघामा धेरै पैसा खर्च भइरहेको छ । तर कति रकम कसले कहाँ–कहाँ खर्च गरिरहेको छ भन्ने विषयमा सम्बन्धित निकायले जवाफ दिन चाहिरहेको छैन ।मोदी भ्रमणको तयारीका सन्दर्भमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना मन्त्रीहरू र जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह समेतको उपस्थितिमा आयोजना गरेको पत्रकार सम्मेलनमा समेत तयारीमा क–कसले कति रकम छुट्याएको र खर्च गरिरहेको भन्ने लोकान्तर प्रतिनिधिको प्रश्नमा सोझो जवाफ दिएनन् । राउतले भने, ‘मोदीको भ्रमण सम्पन्न भएपछि खर्चको रकमबारे सार्वजनिक गरिने छ, अहिले जे जति रकम लाग्ने हो, त्यो सबै लगानी गर्छौं ।’ अहिले प्रदेश र स्थानीय सरकारले हिसाब–किताब समेत सार्वजनिक नगरी अन्धाधुन्ध खर्च गरिरहेको छ, तर त्यही कामका लागि भनेर यहाँ पहिले नै लाखौं रकम हिनामिना भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्