एक नम्बर प्रदेश सभामा अधिकांश सांसद अनियमित, एमाले सांसद आचार्य हाजिर गरेरै फर्किन्छन्

एक नम्बर प्रदेश सभामा अधिकांश सांसद अनियमित, एमाले सांसद आचार्य हाजिर गरेरै फर्किन्छन्

विराटनगर, २८ बैशाख ।
एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन सम्पन्न हुँदासम्म ३९ औं बैठक भयो । तर यसरी भएको बैठकमा केही सांसद बाहेक धेरै अनुपस्थित भए । वैठकमा ११ जना सांसद सतप्रतिशत उपस्थित देखिएभने ति बाहेकका सबै सांसद अनियमित देखिए । ३० औं वैठकमा उपस्थित हुने सांसदको संख्या ६५ रहेको छ ।
सत प्रतिशत उपस्थित हुने सांसदहरुमा झापाकी इन्दीरा राई, सुनसरीकी उमिता विश्वकर्मा, उदयपुरकी कला घले, संजाकुमारी दनुवार, मोरङकी कल्पनाकुमारी सरदार, चुमनारायण तबदार, बसन्तीदेवी यादव, विजयकुमार विश्वास, शिवनारायण गनगाईं र सावित्रा कुमारी रेग्मी रहेका छन् । यसका साथै ३८ वटा वैठकमा सहभागी हुने सांसदको संख्या १४ जना छ भने ३० वटा भन्दा कम बैठकमा सहभागी हुनेको संख्या २१ छ ।
संसदमा अनुपस्थित हुनेको लाइनमा सबैभन्दा अगाडि नेकपा एमालेका केन्द्रीय सचिव तथा सुनसरीका सांसद भीम आचार्य १० वटा मात्रै बैठकमा सहभागी भएको संसद सचिवालयको रेकर्डमा उल्लेख छ । आचार्यले १० वटा वैठकमा सहभागी भएको रेकर्ड संसदमा भएपनि सचिवालयकै कर्मचारीहरु भने आचार्य पहिलो बैठकमा मात्र सहभागी भएको बताउँछन् । अनी उनी आउने र हाजिर गरेर फर्किने गरेको संसद सचिवालयले जनाएको छ।
आचार्य पछि पाँचथरबाट निर्वाचित एमालेका सांसद गणेश काङ्माङ २१ वटा र संसद वैठकको सुरुवात संचालन गरेका झापाका कांग्रेस सांसद ओम सरावगी १८ वटा वैठकमा अनुपस्थित देखिएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुमा माओवादीका टंक आङ्बोहाङ १२ वटा, कांग्रेसका राजिव कोइराला ११ वटा, एमालेका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारी १५ वटा, संघीय समाजवादीका जयराम यादव १२ वटा वैठकमा अनुपस्थित भएको उल्लेख छ । प्रदेश संसद ९३ जनाको रहेकोमा सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रीहरु बाहेक ८६ जना सांसदमध्ये ९ जना सांसद १५ भन्दा बढी वैठकमा अनुपस्थित रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्