केन्यामा एउटा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४१ पुग्यो

केन्यामा एउटा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४१ पुग्यो

केन्या, वैशाख २८ । केन्यामा एउटा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने थुप्रै मानिस बेपत्ता छन् ।

नाकुरु प्रदेशमा रहेको बाँध भत्किएपछि त्यस वरपरका बस्ने २५ सय मानिस विस्थापित बनेको जनाइएको छ । अधिकारीहरुले मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरेका छन् ।

बाँधको पानीले घर, विद्यालय भवन र व्यापारिक कार्यालयहरु क्षतिग्रस्त बनाएको छ ।

स्थानीय बासिन्दा, रेडक्रसका स्वयंसेवकलगायत उद्धार टोलीले उद्धार गरेका छन् । माटो र हिलोमा पुरिएका ४० भन्दा बढीलाई उद्धार गरिएको छ ।

बाढी पहिरोकै कारण केन्यामा दुई महिनाको अवधिमा १३० जनाको मृत्यु भएको र दुई लाख २० हजारभन्दा बढी मानिस विस्थापित बनेको बताइएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्