ग्रामथान गाउँपालिकाको वडा नम्बर १ लाई एक बर्षमा बालमैत्री बनाईने प्रतिबद्धता

ग्रामथान गाउँपालिकाको वडा नम्बर १ लाई एक बर्षमा बालमैत्री बनाईने प्रतिबद्धता

विराटनगर, २८ बैशाख ।
मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीले वालविवाह रोक्दै बालमैत्री वडा अभियान सुरु गरेको छ । वडा कार्यालयको पहलमा वडा बाल संरक्षण सम्बद्र्धन समितिको आयोजनामा लखन्तरीमा शुक्रबार र्यालीसहित सामुहिक हस्ताक्षर गराइ अभियानको शुभारम्भ गरिएको हो ।
वडा कार्यालयबाट निस्किएको र्यालीले लखन्तरी बजार परिक्रमा गरेको थियो । अभियानको शुभारम्भ गर्दै प्रतिनिधि सभाका सांसद अमनलाल मोदीले बालअधिकार संरक्षण गर्दै बालमैत्री अभियान सञ्चालन गर्नु प्रशंसनीय भएको बताए । नारी विकास संघ र वल्र्डभिजनको सहयोगमा सञ्चालित अभियानअन्तर्गत आउँदो एक वर्षभित्र वडालाई बालमैत्री घोषणा गरिने वडाअध्यक्ष नमोनारायण माझीले बताए ।
त्यस अवसरमा वाल विवाह रोक्न मद्दत गर्ने स्थानीय सिठरु माझी, बाबुराम माझी, नारायण माझी, मनोज ऋषिदेव, कोषिलाल ऋषिदेवलाई सम्मान गरिएको थियो । कार्यक्रममा झोराहाट नाट्य समूहले चेतनामुलक नाटक प्रर्दशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्