गच्छदारले भने, ‘भारतीय प्रधानमन्त्रीको भ्रमणवाट सम्वन्ध प्रगाढ हुन्छ ’

गच्छदारले भने, ‘भारतीय प्रधानमन्त्रीको भ्रमणवाट सम्वन्ध प्रगाढ हुन्छ ’

विराटनगर,२९ बैशाख ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपालक भ्रमणवाट दुई देशवीचको एतिहासिक सम्वन्ध अझ प्रगाढ हुने वताएक्ँ छन्् । विराटनगरमा पत्रकारसँग कुरागर्दै उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सांस्कृतिक र धार्मिक भएको वताउदै भ्रमणका समयमा विगतमा भएका सन्धि र सम्झौता कार्यन्वयन हुनुपर्नेमा जोड दिए ।
उले भारतीय प्रधानमन्त्रीको स्वागतका लागि गरिएको भव्य तयारी नेपाल सरकार र नेपाली जनताले गरेको बताए । नेता गच्छदारले भारतले नेपालको संविधानलाई मान्यता दिएको प्रष्ट पार्दै संविधानप्रति स्थानीय जनतामा रहेका केही असन्तुष्ट संसदवाटै समाधान हुने धारणा व्यक्त गरे ।
स्वतन्त्र राष्टको हैसियतले नेपालले दुवै छिमेकी देशसंग असल सम्वन्धमा राखी मुलकको आर्थिक सम्वृद्धि कायम गर्न अधिकतम फाइदा लिनु पर्नेमा जोड दिनु भयो ।
उनले मुलुकमा राजनीतिक स्थिरता रहेको वताउदै वर्तमान सरकार नागरिकको अधिकार, न्यायालयको सर्वोच्चतालाई कायम अगाडि वढनु पर्नेमा जोड दिए ।
उनका अनुसार नेपाल लोकतान्त्रिक फोरमसंग विगतमा भएको संझौता अनुसार आगामी जेठ १५ गते भित्र केन्द्रीय उपभापति लगायत भातृसंगठन र वडादेखि केन्द्रीयस्तरसम्मका कार्यकर्ताहरुलाई नेपाली कांग्रेसको विधानको धारा ५० को वाधा अड्काउफुकाउलाई टेकेर पद समायोजन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्