विराटनगरको एभरेष्टले ३५ करोडको लागतमा सुबिधासम्पन्न शैक्षिक भवन बनाउँदै

विराटनगरको एभरेष्टले ३५ करोडको लागतमा सुबिधासम्पन्न शैक्षिक भवन बनाउँदै

विराटनगर, २९ बैशाख ।
विराटनगरमा रहेको एभरेष्ट बोर्डिङ स्कुलले भौतिक पुर्बाधारमा अब्बल बनाउन भौतिक पुर्बाधारमा ठुलो लगानी थालेको छ । गुणस्तरिया शिक्षामा ख्यातिप्राप्त बिराटनगरको एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो सुबिधा सम्पन्न भवन निर्माणको काम शुरु गरिसकेको छ । अबको अढाई बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी स्कुलले ३५ करोडको लागतमा बिद्यालय निर्माणको काम शुरु गरेको हो । नर्सरी देखि कक्षा १२ सम्म शिक्षा तर्फ देशकै अब्बल शैक्षिक संस्थाको रुपमा रहेको एभरेष्टले बगैचा सहितको शैक्षिक भवनको सिलान्यास गरेको हो ।
३५ करोडको लागतमा निर्माण शुरु भएको भवनमा प्लस टु, ब्याचलर र मास्टर्स डिग्री सहित खेलकुद ग्राम सहितको सुबिधा सम्पन्न भवन निर्माण हुने बिद्यालयका प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिए । पहिलो चरणमा १२ करोड लगानी गर्ने गरी हिमालय कन्ष्ट्रक्सनलाई ठेक्का दिईएको पुरीले जानकारी दिए । विराटनगर ५ शान्तिचोकमा ३ विगाहा क्षेत्रफलमा निर्माण शुरु भएका भवन अढाई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रिन्सिपल पुरीको भनाई छ । प्रदेश नम्बर १ का बिद्यार्थीको आकर्षण केन्द्र मात्र हैन बिद्यालयको नयाँ भवन निर्माण भएसँगै भारतीय बिद्यार्थीको पनि अकर्षक शैक्षिक केन्द्र एभरेष्ट नै हुने जानकारी दिईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्