अस्ट्रेलियामा गोली हानेर एक व्यक्तिले गरे सात जनाको हत्या

अस्ट्रेलियामा गोली हानेर एक व्यक्तिले गरे सात जनाको हत्या

अष्ट्रेलिया । पश्चिम अस्टे«लियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान सवेरै जथाभावी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ । एकजना व्यक्तिले गोली हानी ती सात जनाको हत्या गरेको समाचारमा जनाइएको छ । मारिने ती सात जना एकै घरका परिवार हुन् या होइनन् भन्ने बारेमा भने केही खुलेको छैन । सो गोली प्रहारमा चार बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको छ । पर्थको दक्षिणतर्फ पर्ने यस इलाकामा भएको डरलाग्दो घटनाको खवर प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको छ ।

पाँच व्यक्तिको शव एकै घरभित्र पाइएको थियो । त्यसैगरी दुई जनाको शव उक्त घरभन्दा केही पर पाइएको थियो । यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । मारिने ती व्यक्ति एकै घरका हुन् या उक्त बस्तीका विभिन्न घरका भन्ने बारेमा केही खुलाइएको छैन । तर बालबालिका भने एकै घर परिवारका हुनसक्ने अनुमान गरिएको छ ।

यस घटनामा चार बालबालिकासहित सात व्यक्तिको मृ्त्यु भएको पर्थका प्रहरी प्रमुखले पुष्टि गरेका छन् ।  यस गोली प्रहारमा मारिएका बालबालिकाको उमेर पनि खुलाइएको छैन । प्रहरी प्रमुखले सामूहिक गोली प्रहारको पुष्टि गरेका छन् ।

सन् १९९६ मा अष्ट्रेलियाको पोर्ट आर्थुरमा भएको भीषण आमहत्यामा परी ३५ व्यक्तिको मृत्यु भएको थियो । आज भएको सामूहिक हत्यालाई यसपछिको नै भीषण हत्याको रुपमा लिइएको छ ।

उक्त हत्याकाण्डको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यसको उद्देश्य पनि खुलेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्