विराटनगरमा प्रदुषण जाँच नगरी सवारी गुड्न नपाउने, लाईसेन्स नविकरण बिराटनगरबाटै

विराटनगरमा प्रदुषण जाँच नगरी सवारी गुड्न नपाउने, लाईसेन्स नविकरण बिराटनगरबाटै

विराटनगर,२९ वैशाख ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमति पत्र नविकरण जस्तो सहज कार्यमा सेवाग्राहीले वेहोर्नु परेको दुःख कष्टको अव अन्त्य भएको वताएका छन् । यातायात व्यवस्था सेवा कार्यालय विराटनगर खारजीवाट चालक अनुमति पत्र (स्मार्ट लाईसेन्स) नविकरण कार्यको आज शुभारम्भ गर्दै उनले जनताले घण्टौ लाइनमा वस्नु पर्ने बाध्यताको अन्त्य भएको बताए ।
उनले विराटनगरमा रहेको सेवा कार्यालयले आगामी दिनमा यातायात सम्वन्धी थप सेवाहरु सहज रुपमा सेवाग्राहीहरुलाई प्रदान गर्ने विश्वास दिलाए । विराटनगरको खारजीमा रहेको कार्यालयवाट सेवाग्राहीलाई नविकरण शुल्क बुझेको रसिद हस्तान्तरण गर्दै मन्त्री पण्डितले सेवा आरम्भ भएको जनाउ दिए ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले आगामी साउन १ गतेदेखि प्रदुषण जाँचपासको काम सेवा कार्यालयमार्फत गर्नकालागि आवश्यक उपकरण र जनशक्ति व्यवस्था गरी सेवा विस्तार गर्ने जानकारी दिए । प्रदुषण न्युनिकरणकालागि प्रदुषण जाँचपास नभएका सवारी साधनहरु साउन १ गतेबाट महानगरपालिका भित्र संचालन नहुने जानकारी दिए ।
आजदेखि शुरु भएको विभागले सवारी चालक अनुमति पत्र नविकरण कार्य विराटनगर सेवा कार्यालयमार्फत गर्न थालिएको हो ।
लाईसेन्स नविकरण
विभागले पहिलो पटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमती पत्र नविकरणको काम विराटनगर स्थित सेवा कार्यालयबाट आरम्भ गरेको छ । विराटनगर सेवा कार्यालयले बार्षिक सवारी कर,सवारी धनी प्रमाणपत्र (ब्लु वुक) नविकरण, वाटो इजाजत नविकरण, सवारी साधन जाँचपास, अस्थायी रुट इजाजत( पटके) र सवारी साधन कर उठाउने लगातका छ प्रकारको काम गर्दै आएकोमा अबदेखि सवारी अनुमती पत्र नविकरणको काम पनि हुने भएको छ ।
सेवा कार्यालय मार्फत सवारी चालक अनुमति पत्र(लाइसेन्स) नविकरणको काम सुरु भएपछि विराटनगरसहित मोरङ र सुनसरीका दक्षिण भेगका सेवाग्रहीहरुलाई सहज हुनेछ । २०७१ फागुन १४ गते स्थापना भएको सेवा कार्यालय विराटनगरबाट सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नविकरणको काम सुरु भएको थियो । कार्यालयले नविकरण पछि स्मार्ट लाइसेन्स प्रदान गर्नेछ । त्यसकालागि ३ महिना समय लाग्ने जानकारी दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्