विराटनगरमा ‘ज्येष्ठ नागरिक ग्राम’को तयारी, छलफलमै लाखौँको कबोल

विराटनगरमा ‘ज्येष्ठ नागरिक ग्राम’को तयारी, छलफलमै लाखौँको कबोल

विराटनगर । २९ वैशाख ।
ज्येष्ठ नागरिकहरुको दिघो व्यवस्थापन गर्न नीजि तथा सरकारी दुवै स्तरबाट जेष्ठ नागरिक ग्राम स्थापनाको लागि पहल शुरु भएको छ । नेपाल ग्रामीण विकास समाज केन्द्रले आज विराटनगरमा आयोजना गरेको ज्येष्ठ नागरिकको व्यवस्थापन सम्बन्धि अन्तरक्रियामा जेष्ठ नागरिक ग्रामको आबस्यकता रहेकोले त्यसका लागि सबै लाग्नु पर्नेमा जोड दिईएको हो । विराटनगरमा जेष्ठ नागरिकहरुको ब्यवस्थापनको लागि सुबिधायुक्त ग्राम स्थापना गर्ने बिषयमा सबैको सकारात्मक सल्लाह आएको आयोजक एनआरडिसीले जनाएको छ ।
ज्येष्ठ नागरिकहरुको वर्गिकरण गरी उनीहरुको इच्छा र चाहना अनुसारको ज्येष्ठ नागरिक ग्राम स्थापना गर्न सकिने डा. होमनाथ चालिसेले बताए । अहिलेको अवस्थामा अधिकांश परिवारका छोराछोरीहरु विदेश पठाउन पाउँदा जति खुशि हुन्छन्, पठाइ सकेपछिको अवस्थामा त्यतिनै दुःखदायी अबसमा रहेको उनको भनाई थियो ।
ज्येष्ठ नागरिक मैत्री पसल वा त्यस्ता सामान उत्पादन गर्ने उद्योगहरु खोल्न सके त्यो नेपालकै पहिलो उद्योग हुने र ज्येष्ठ नागरिकहरुको लागि एकदमै उपयोगी हुने अर्का प्रशिक्षक प्रकाश पोखरेले बताए ।
एलिट क्लबका अध्यक्ष डाक्टर भेषप्रसाद धमलाले सामाजिक ढांचा परिवर्तन हुंदै गएकाले जेष्ठ नागरिकहरुकालागि समस्या सृजना भएको बताए । नयाँ पुस्ताहरुमा आफ्नै विवस्ता भएका कारण उनीहरु वृद्धि विकासमा बाहिर जानै पर्ने अवस्था पनि छ, त्यसैले ज्येष्ठहरुले आफ्नो बारेमा आफैले नै उमेर छदै सोच्नु पर्ने बताए ।
ग्रामिण विकास समाज केन्द्रका अध्यक्ष मणिकुमार अज्र्यालले सरकारी निकायका भवनहरुलाई जेष्ठ नागरीक मैत्री बनाउन माग गर्दै संचालनमा रहेका बृद्धाश्रम र दिवा सेवा केन्द्रहरुको राज्यले नियमित अवलोकन र आवश्यक सहयोग गरिनुपर्ने बताए । ‘प्रदेश स्तरिय ज्येष्ठ नागरिक ग्रामको अवधारणालाई अघि साद्रै अब ज्येष्ठ नागरिकहरुलाई आश्रम हैन उनीहरुको सम्पूर्ण आवश्यकताको परिपूर्ति हुने खालका गाउँ निर्माण गर्नुपर्छ, उनले भने, त्यो गाउँमा आवश्य शुल्क दिएर वा निःशुल्क दुवै तरिकाले बस्न सकिने प्रकारको ग्राम निर्माण गर्न सकिन्छ। ’
ज्येष्ठ अवस्थामा आफ्ना अनुभव साटासाट गर्ने, औषधी उपचार र अन्य सबै सेवा सुबिधा सम्पन्न ग्राम स्थापना गर्न हामी सबै एकजुट भएर लाग्ने हो भने आफुले त्यसमा ५ लाख सहयोग गर्ने कृष्णप्रसाद भण्डारीले उद्घोष गरे ।
पूर्व सभासद् तथा मोरङ्ग व्यापर संघका अध्यक्ष पवन सारडाले ज्येष्ठ अवस्थाको व्यवस्थापन गर्ने प्रकारको छुट्टै ज्येष्ठ नागरिक ग्राम निर्माण गरिने हो भने आफूले १० देखि ५० लाख दिन सक्ने बताए ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले ज्येष्ठ नागरिक ग्राम स्थापनाका लागि एउटा समिति निर्माण गरी, दिगो विकासको अबधारणामा अघि बढ्ने योजना आएमा महानगरपालिकाले आवश्यक जग्गा र आफ्नो एक वर्षको सेवा सुबिधा दिने उल्लेख गरे । ‘दिगो योजना सहित आउने हो भने महानगरपालिका पनि त्यसमा हातेमालो गर्नको लागि तयार छ, मेयर पराजुलीले भने, आगामी नगरपरिषद्बाट कार्यक्रमहरु पास गराउने बिषयमा पहल शुरु हुनेछ । ’
कार्यक्रममा बिराटनगरका जेष्ठ नागरिक सम्बद्ध विभिन्न संस्थाका पदाधिकारी र सरोकारवाला सहित ६० जनाको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्