साढे ३३ किलो सुनपत्ता लागिसकेको छ, सुन तस्करी र हत्या मुद्दा प्रतिवादीको तर्फबाट बहस आजदेखि हुने

साढे ३३ किलो  सुनपत्ता लागिसकेको छ, सुन तस्करी र हत्या मुद्दा प्रतिवादीको तर्फबाट बहस आजदेखि हुने

विराटनगर, ३० बैशाख ।
सुन तस्करी प्रकरणमा मुख्य प्रमाणका रुपमा खोजी भईरहेको साढे ३३ किलो सुन सहित करिब ४ हजार किलो सुन बारे पत्ता लागिसकेको बिशेष अनुसन्धन समिति श्रोतले जनाएको छ । समितिका एक सदस्यले तस्करीको सुन र त्यसको किनबेचमा संलग्नहरु पत्ता लागिसकेको दाबी गरेका हुन् । ‘गालेको वा ढालेको जुनसुकै अबस्थामा भएपनि सुनपत्ता लागिसकेको छ, उनले शुक्रवार बेलुकी भने, कारोवारीलाई कुनैपनि बेला पक्राउ गर्छौ ।’ सुन तस्करी समुहमा आबद्ध मोरङ उर्लावारीका सनम शाक्यको हत्या भएको ३३ दिन पछि मन्त्री परिषदले गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय बिशेष अनुसन्धान समिति गठन गरेको थियो । ‘पत्रपत्रिकामा आएजस्तै साढे ३३ किलोको मात्र नभएर त्यो भन्दा बढी सुन खोजी गरिरहेका थियौँ त्यसको घेरावारको नजिक पुगेका छौ, ति सदस्यले भने, कसले बेचे कसले किने सबको पोल खुलिसकेको छ ।’
उनले सुन बरामद नभएको जनगुनासो बढेपछि सम्पुर्ण श्रोत परिचालन गरी खोजी गरिएको बताए । गत ९ माघमा तस्करले दुबईबाट ल्याएको सुन जिम्मा लिने सानु बनको फोन सम्पर्कमा रहेका सबैको नालीबेली खोतलिएको ति सदस्यले बताए । वनको माग २२ मा बिमानस्थल भित्रै ट्याङ्करले किचेर मृत्यु भएको थियो । बनको निधन अघि उनीसँग फरर अभियुक्तहरुले सम्पर्क गरिरहेको र ति मध्य फुल्दुङ भन्ने ब्यक्ति पक्राउ परिसकेको ती सदस्यले बताए । उनका अनुसार, तस्करी गिरोहका मुख्य सदस्य मध्यका भुजुङ गुरुङका चालक फुल्दुङ भनिने मनाङका लक्षु बहादुर गुरुङलाई बुधवार पक्राउ गरिएको हो । यही मुद्दाको सेरोफेरोमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बिहिवार फुल्दुङ बिरुद्ध तत्काललाई केही सार्बजनिक अपराध ऐन अन्तरगत मुद्दा दर्तागरी २८ दिनको म्याद लिईएको ति सदस्यले बताए । निकै खोज्दा पनि फुल्दुङ फेला परेका थिएनन्, उनले भने, डिक्सहोमले राख्ने ब्इक्तिगत विवरण खोतल्लदै उनीसम्म पुग्यौँ । फरार अभियुक्तहरु र सुनको उच्च स्तरमा खोजी जारी राखिएको ती सदस्यले बताए ।
प्रतिवादी बहस आजदेखि
सुन तस्कर र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीका कानुन ब्यवसायीले आजदेखि आदतल समक्ष थुनछेक बहस शुरु गर्दैछन् । यो मुद्दाका ६३ प्रतिवादी मध्य प्रहरी नियन्त्रणमा रहेका ३० जनाका तर्फबाट बहस हुँदैछ । उनीहरुले न्यायाधिश नारायण प्रसाद शर्माको ईजलाशमा बहस गर्नेछन् । प्रतिवादीको बहस २–३ दिनमा सकिने संभावना रहेको उल्लेख गर्दै त्यसपछि ईजलाशबाट कसलाई थुनामा राख्ने वा छाड्ने बारे आदेश हुने अदालत श्रोतको भनाई छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्