मोरङमा जग्गा नापीमा चरम लापरवाही, सरकारी जग्गा ब्यक्तिको नाममा

मोरङमा जग्गा नापीमा चरम लापरवाही, सरकारी जग्गा ब्यक्तिको नाममा

विराटनगर, ३० वैशाख ।
नापीमा गरिएको लापरवाहीका कारण सरकारी जग्गा अहिले ब्यक्तिको नाममा परेको बिषयले सबैको टाउको दुखाई भएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको मुस्लीम बस्तीको जग्गा ब्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाईएको छ। साविकको सुनसरीको दुहवी गाबिस वडा नम्बर ९ ख कित्ता नम्बर ८०, कित्ता नम्बर ३०८, कित्ता नम्ब ३०९को सार्बजनिक जग्गा नैयन्द्र कुमार लिम्बुका नाममा दर्ता गरी भोगचलन गर्दै आएको पाईएको तथ्यांकमा देखिन्छ । उनको नाममा रहेको यो जग्गा भन्दा पुर्बको नेपाल सरकारको सार्बजनिक जग्गा उनैले आफ्नो नाममा गरेको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कासिम मियाँले बताए । साबिकको दुहबी गाबिसको नाममा देखिएको यो जग्गा मोरङको साबिकको हात्तिमुडा गाबिस ७ र हालको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा पर्छ ।
यसरी भयो जग्गा दर्ता
लिम्बुको नाममा कायम रहेको जग्गा जिल्ला परिवर्तन भई हात्तिमुडा गाबिसको वडा नम्बर ७ मा नापी भएको देखिन्छ । त्यसको आधारमा लिम्बुले आफ्नो जग्गा हालसाबिक गर्ने क्रममा साविक कित्ता ८० को जग्गा २ –१७–१८रहेको नापीको तथ्यांकमा देखिन्छ । सो जग्गालाई हाल साबिक गर्दा सिट न.१७८–३८४को कित्ता नम्बर १२६को क्षेत्रफल २२९७५ कि.नं.३०८ को ज.बि. ०–१३–१३ जग्गा हाल साबिक गर्दा कित्ता नम्बर १२७ भएको देखिन्छ । सो जग्गाको क्षेत्रफल ०६४८० वर्ग मिटर, कित्ता नम्बर ३०९ को जग्गा हाल साबिक गरेको जग्गा ०–१९–१७ को जग्गाबाट ०७९८० बर्ग मिटर कायम गरिएको दखिन्छ । तर साविकको कित्ता नम्बर ८० जग्गाको हालसाबिक गर्दा आफ्नो क्षेत्रफल भन्दा बढी गराएको स्थानीयको भनाई छ । त्यसैको आधारमा नापी विभागबाट आएको २०५९ सालमा भुमी सुधार तथा ब्यवस्था मन्त्रालयले जग्गाको नापजाँचका लागि भन्दै गोश्वारा नापीलाई अधिकार दिएर हालसाबिक गर्नको लागि नाम नक्सा शुरु भएको थियो । त्यो टोलीले गरेको नाप नक्सामा सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गरेको देखिएको नापी कार्यालयका एक कर्मचारीले स्वीकार गरे ।
नापी कार्यालय मोरङको तथ्यांक अनुसार कित्ता नम्बर १२६ देखि १२९ सम्मको हालसाविक गरी तयार पारिएको जग्गाको लगत ५ बिगाहा १२ कठ्ठा १२ धुर रहेको नापी कार्यालयको तथ्यांकमा देखिएको छ । त्यस अघि नापी भएको जग्गाको नापी श्रेस्ता भिडाउँदा ४ बिगाहा ८ कठ्ठा ५ धुर रहेकोले त्यसको नजिकै रहेको सार्बजनिक उनै जग्गा धनी लिम्बुको जग्गामा गोश्वारा नापी कार्यालयबाट गएका कर्मचारीले दर्ता गराएको नापी कायालय श्रोत बताउँछ । नापी विभागले पहिलो पटक जग्गा २०२४ सालमा दर्ता भएकोमा त्यसको लामो समय पछि जग्गाको पुन नापजाँच गर्दै हालसाबिक गरिएको थियो । ‘हालसाविकको क्रममा हुन आएको जग्गा र अहिलेको जग्गामा धेरै फरक रहेको छ, नापी कार्यालयका एक कर्मचारीले भने, त्यो बेला गोश्वारालाई सबै अधिकार दिएर पठाईएको थियो त्यसैको आधारमा मालपोत कार्यालयमा जग्गाधनी पुर्जा बनाउँन आउँछन् ।’ २०५९ सालमा बनाईएको गोश्वारा नापीलाई २०६५ सालमा आएर खारेज गरिएको कर्मचारी बताउँछन् । पुरानो नापजाँच त्रुटीपुर्ण रहेको भन्दै नापजाँच गरिएकोमा पछिल्लो नापीको काममा थप समस्या देखिएको र बढी विवादित भएका छन् । अझ पछिल्ला दिनमा सरकारी जग्गा ब्यक्तिका नाममा दर्ता भएको घटनाले गोश्वारा नापीको बिषय सरकारी जग्गा घोटालासँग जोडिएको स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् । ‘नापीको कर्मचारीको मिलेमत्तो भएको देखिन्छ, वडानम्बर ४ का वडा अध्यक्ष कासिम भन्छन्, सार्वजनिक सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्नु सरासर गलत हो , त्यस्ता ब्यक्तिलाई कार्वाही हुनुपर्छ ।’
सार्र्बजनिक जग्गामा ब्यक्तिको रजाईँ
नापीको क्रममा ब्यक्तिको नाममा रहेको सरकारी जग्गामा बर्षौ देखि ब्यक्तिका घरहरु बनेका छन् । ब्यक्तिले आफ्नो नाममा पारेको सार्बजनिक जग्गामा अहिले पनि सुकुम्वासीहरु बसोवास गर्दै आएको वडा अध्यक्ष कासिम मियाँ बताउँछन् । योे बस्तीमा गौतम पासवान, वकिल पासवान, शुरेश पासवान, नरेश पासवान, सोमन पासवान, जयकान्त पासवान, ईसराफिल मियाँ, नियामत मियाँ, सुलेमान मियाँ, मजलुम मियाँ, कुसमान मियाँ, सदिफ महम्मद मियाँ, हनिफ मियाँ, हदिस मियाँ, अहमद मियाँ, करिम मियाँ लयातको बसोवार रहँदै आएको उनकोभनाई छ । २०२२ साल पहिला यसरी बसोवास गर्दै आएकाहरु बिस्थापित हुने खतरा भएपछि उनीहरुले जिल्ला अदालत मोरङमा मद्दा दायर समेत गरेका छन् । उनीहरुले २०७१ सला असोज २७ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको भएपनि अहिलेसम्म अदालतबाट मुद्दा भने बिचारधिन अबस्थामा रहेको छ ।
सरकारी जग्गा ब्यक्तिकोमा हाल्न पाईँदैन
सार्बजनिक जग्गा ब्यक्तिको नाममा दर्ता भएको पाईएपछि अहिले यो बिषय अदालतसम्म पुगेको छ । अदालतमा पुगेको बिषयले अहिले जिल्ला नापी कार्यालय देखि कृषि भुमी ब्यवस्था तथा सहकारी मन्त्रालयसम्मको टाउको दुखाईको बिषय बनेको छ । नापी कार्यालय बिराटनगरका प्रमुख नापी अधिकृत शुभानन्द चौधरीले नापी गर्दा सरकारी तथा सार्बजनिक जग्गालाई ब्यक्तिको नाममा दर्ता गर्नै नपाईने बताए । ‘कुनैपनि हालतमा सार्बजनिक सरकारी, ऐलानी प्रति जग्गा निकाल्न सकिन्छ, उनले भने, जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने कुरै हुँदैन यदी त्यस्तो भएको हो भने साविकको नापीलाई आधार बनाएर निकाल्न सकिन्छ ।’ नापी कार्यालयले अहिले मोरङका धेरै स्थानमा हालसाविकको काम गरिरहेको छ । तर ति भएका हाल साविकमा अधिकांश सरकारी प्रति जग्गा ब्यक्तिको नाममा दर्ता भएको पाईएको छ । सार्वजनिक पोखरीहरु ब्यक्तिको नाममा प्रसस्तै दर्ता भएका छन्, कटहरीका एक स्थानीयले भने, हाल साविकको नाममा नापीका कर्मचारीहरुको चरम लापरवाही भएको छ ।’
साविकको टंकिसिनवारी अहिलेको बुढीगंगा गाउँपालिकाको वडा नम्बर १,२ र ३ मा हालसाबिक भएपनि कार्वान्वयनमा समस्या देखिएको छ । यसको कारण भनेको जग्गाको नापीमा देखिएको लापरवाही नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्