१ नम्बर प्रदेशको स्थायी राजधानी कहाँ बन्ला ?, जेष्ठ महिना भित्र राजधानी टुङ्गीने

१ नम्बर प्रदेशको स्थायी राजधानी कहाँ बन्ला ?, जेष्ठ महिना भित्र राजधानी टुङ्गीने

सुनीता अर्याल,
विराटनगर, ३० बैशाख ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं.१ को स्थायी राजधानी र यसको नाम यहि जेठ महिना भित्रै सहमतिमै टुङगीने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं.१ निर्वाचन समितिद्वारा विराटनगरमा आयोजित पदभार तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै राईले राजधानीको बिषय अब चाँडै चाँडै टुङ्गीने बताएका हुन ।
मुख्यमन्त्री राईले अनलाईन र समाजिक संजाललाई व्यवस्थित गर्न नेपाल पत्रकार महासंघको भूमिका आवश्यक रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै पनि किसिकको अंकुश नलगाईने बताए । उनले समाजलाई नकारात्मक असर पर्ने कुनै पनि किसिमको प्रायोजित समाचार वा सूचना सम्प्रेषण नगर्न संचारकर्मीहरुलाई आग्रह गरे । उनले भने, ‘संचारकर्मीहरुको न्यूनतम पारिश्रमिक दिलाउन आफनो भूमिका सकारात्मक रहनेछ।’
संघीयताको संस्थागत विकास गर्न, समृद्धि र विकास गर्न समाजका अगुवा संचार जगत क्रियाशील रहनु पर्ने भन्दै मुख्यमन्त्री राईले प्रदेश तहमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिए । प्रदेश नं.१ का उप–सभामुख सरस्वती पोखरेलले मुलुकलाई छिट्टै विकास गर्न संघीय संरचनाले धेरै ठूलो भुमिका निर्वाह गर्ने बताईन् ।
प्रदेश सभाका सदस्य केदार कार्की र जयराम यादवले समाजको ऐनाको रुपमा काम गर्ने संचारकर्मी लोभ र लालचमा पर्न नहुने उल्लेख गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यवसायिक एवं मर्यादित पत्रकारिता आजको आवश्यकता भएकोले यसमा संचारकर्मीहरुले विशेष ध्यान दिनु पर्ने वताए ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले संचारकर्मीहरुले जहिले पनि सत्य, तथ्य समाचार सम्प्रेषण गर्नमा क्रियाशील रहेका पत्रकारहरु अब पत्रकार आचार संहिता बाहिर जान नहुने बताए । नेपाल पत्रकार महासंघ प्रदेश निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत दीपक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष बिनोद ढकाल, अग्रज पत्रकार यज्ञराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिमल्सिनाले आफ्नो धारणा राखेका थिए ।
वैशाख २२ गते सम्पन्न प्रदेश अन्तर्गतका नेपाल पत्रकार महासंघका प्रदेश नं.१ अध्यक्ष विक्रम लुइटेल, उपाध्यक्ष सोमनाथ सुसेली र स्मीता निरौला, महासचिव विवेक गौतम, सचिवव्दय हरिकृष्ण राई र बुद्धवीर राई, कोषाध्यक्ष अम्विका भण्डारी लगायत २१ जना पदाधिकारीहरुलाई प्रमाणपत्र तथा पदस्थापन गराईएको छ । प्रशिक्षर्थी पत्रकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्