एकिकृत संयुक्त भन्सार चौकी ७ महिनामा बन्ने, बिराटनगरको चहलपहल बढाउने रेलमार्ग अन्यौलमा

एकिकृत संयुक्त भन्सार चौकी ७ महिनामा बन्ने, बिराटनगरको चहलपहल बढाउने रेलमार्ग अन्यौलमा

विराटनगर, ३१ बैशाख ।
भारतको लगानीमा मोरङको बुधनगरमा आउँदो डिसेम्बर अन्तिमसम्ममा एकिकृत संयुक्त भन्सार चेकपोष्टको निर्माण पुरा हुने भएको छ। त्यसको निर्मार्ण बिगत डेढ बर्ष देखि भारतको दिनेशचद्र आर ईन्फ्ल्याक्सन प्रालि अहमदावादले गर्दै आएको छ । कम्पनीलाई निर्माण पुरा गर्न आगामी डिसेम्बर २६ सम्म म्याद दिईएको छ । निर्माण कम्पनीका ईन्जीनियर अबधेश प्रसाद साहले भने ‘तोकिएको म्याद अघि नै सक्नेगरी काम भईरहेको छ ।’ गत बर्षको बाढीले झण्डै ३ महिना काम अबरुद्ध भयो । ‘अहिलेसम्म करिब ४० प्रतिशत निर्माण पुरा भएको छ ,उनले भने, बाँकी रहेको काम ७ महिना अघि नै पुरा गर्नेगरी काम भईरहेको छ ।’
सन् २००५ मा नेपाल भारत बिच बिराटनगर बिरगंज, भैरहवा र नेपालगंज नाकामा भारतले दुबै तर्फ संयुक्त भन्सार चेकपोष्ट निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौतामा निर्माणको सबै खर्च भारतले ब्यहोर्ने र नेपाल पक्षले आबश्यक जमिन उपलब्ध गराउने सहमती छ । दुई मुलुक बिचको सहमती अनुसार नेपाली पक्षले डेढ बर्ष अघि भारतीय पक्षलाई नेपाल पक्षको चेकपोस्ट निर्माणका लागि आबस्यक पर्ने १ हजार ४ सय मिटर लम्बाई र ५ सय मिटर चौडाई भएको १ सय ६९ बिगाहा जमिन हस्तान्तरण गरेको थियोे । जमिन हस्तान्तरण पछि भारतीय पक्षले काम थालेको हो ।
सरकारले उक्त जमिन दशक अघि सर्बसाधारणलाई मुआब्जा तिरेर अधिग्रहण गरेको थियो । निर्माणका लागि प्राकृतिक श्रोत गिट्टी बालुवा र ढुङ्गा नेपाली पक्षले सशुल्क उपलब्ध गराउने सहमतीमा उल्लेछ । त्यसैगरी चेकपोस्टबाट सामान बोकेर आउने माल बहाक ट्रकलाई कोशी राजमार्गमा जोड्ने सडक निर्माणका लागि सरकारले अधिग्रहण गरेको ४० बिगाहामा निर्माण कम्पनीले ग्राभेलको काम सकेर पिच गर्ने तयारी गरेको छ । संयुक्त भन्सार चेकपेष्ट निर्माणको कार्य भारत तर्फ करिब सकिएको छ। भारत तर्फ करिब १० प्रतिशत काम बाँकी छ । दुबैको काम डिसेम्बरसम्म सकिनेछ । ईन्जीनियर साहले भने, त्यसपछि जोगवनी नाकाबाट हुने आयात निर्यात ब्रोडगेज रेलमार्ग मार्फत हुनेछ । चेकपोस्ट भारत तर्फ ९० प्रतिशत निर्माण सम्पन्न भएपछि भारतको बथनाहासम्म ब्रोडगेज रेलमार्ग मार्फत औद्योगिक कच्चा पद्धार्थ आयात हुन थालेको छ ।
मुद्दाले रेलमार्ग अन्यौलमा
भारतको बथनाहा देखि मोरङको कटहरीसम्मको निर्माणाधिन १३ दशमलव १ किलोमिटर रेल मार्गको निर्माण मुआब्जा विवादका कारण रोकिएको छ । उक्त रेलमार्गपनि भारतकै लगानीमा निर्माण शुरु भएको हो । नेपाली पक्षले एक सय १९ बिगाहा अघिग्रहण गरी ईण्डियन रेलवे कन्स्ट्रक्सन ईन्टरनेशनललाई ६ बर्ष अघि हस्तान्तरण गरेपछि कन्स्ट्रक्सनले ट्याक खोल्ने कल्भर्ट र पुल बनाउने काम शुरु गरेसँगै मुआब्जा निर्माण समिति बिरुद्ध जग्गाधनी अदालत पुगेपछि निर्माण रोकिएको छ । श्रोतका अनुसार यो परियोजना निर्माण अझै अनिश्चित रहेको छ । भन्सार चेकपोस्ट र ब्रोडगेज रेलमार्ग निर्माण भारतको पुर्ण लगानीमा हुने हो । तत्कालिन सम्झौतामा भारतीय रुपैयाँ २ अर्ब ८० करोड लागतमा निर्माण हुने रेल मार्गका लागि सरकारले करिब ५३ कराड मुआब्जा तिरेर बुधनगर कटहरी र बिराटनगरको जतुवाका ५ सय ६५ जनाको एक सय १९ बिगाहा अधिग्रहण गरी ईण्डियन रेल वे कन्स्ट्रक्सन ईन्टरनेशनललाई बुझाई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्