पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने कोशी करिडोरको काम अघि बढ्यो

<span class='c1'>पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने</span> <span class='c2'>कोशी करिडोरको काम अघि बढ्यो</span>

पाँचथर, बैशाख ३१ । पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको कोशी करिडोरको काम अघि बढेको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग छोट्याउने गरी अघि सारिएको योजनाको सात वटा प्याकेजकै ठेक्का स्वीकृत भएको हो ।

सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने कोशी करिडोर सडक विस्तार योजना–२ को पाँच प्याकेजको काम सुरु हुन लागेको छ भने दुई प्याकेज ठेक्का सम्झौता हुने चरणमा छन् ।

पाँच प्याकेजको ठेक्का सम्झौता भई मोबिलाइजेसन भइसकेको आयोजनाका इन्जिनियर नारायण पौडेलले बताए । उनका अनुसार दुई प्याकेजको ठेक्का स्वीकृत भइसकेकाले सम्झौता मात्र हुन बाँकी छ ।

६ अर्ब १३ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको उनको भनाइ छ । चार अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको पाँच प्याकेजमा काम हुन थालेको इन्जिनियर पौडेलले जानकारी दिए ।

हालै दुई प्याकेजका लागि एक अर्ब ४४ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको छ । सम्झौता भएको ३० महिनाभित्र ठेकेदार कम्पनीले काम सक्नु पर्नेछ ।

प्रस्तावित तमोर जलाशययुक्त आयोजना बन्ने भयो भने पनि नडुब्ने गरी उचाइमा सडक बनाइने छ । पाँचथरको गणेश चोकमा मध्यपहाडी लोकमार्गलाई यो सडकले भेट्ने छ ।

यसलाई पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका विभिन्न गाउँबाट तराई र राजधानी जान छिटो बाटोको रुपमा लिइन्छ ।

यो सडकलाई काठमाडौंसम्म जोड्ने वैकल्पिक राजमार्गका रुपमा विकास गर्न खोजिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्