एक नम्बर प्रदेशमा किसानका समस्यै समस्या, अलैचीमा गुणस्तर कायमगरी सुकुमेल आयात बन्द गर्न माग

एक नम्बर प्रदेशमा किसानका समस्यै समस्या, अलैचीमा गुणस्तर कायमगरी  सुकुमेल आयात बन्द गर्न माग

विराटनगर, ३१ बैशाख ।
एक नम्बर प्रदेशका अलैची किसानहरुको समस्यै समस्याका बिचमा रहँदा पनि किसानको समस्याको बिषयमा सम्बोधन नभएको गुनासो बढेको छ । कृषि मुल्य श्रुङ्खला विकास, अवसर र चुनौतीको सन्दर्भमा बिराटनगरमा आयोजित कार्यक्रममा किसानहरुले समस्याको बिषयमा राज्य संयन्त्रको ध्यान जान नसकेको बताएका हु्न् ।
तप्लेजुङ उद्योग वाणिज्य संघ र अकोरावले आयोजना गरेको कार्यक्रममा अलैचीमा आम्दानी प्रसस्तै हुने भएपनि त्यसलाई ब्यस्थापन गर्न नसक्दा किसानमा समस्या देखिएको उद्योग वाणिज्य संघ ताप्लेजुङका सचिव भिष्मराज बरालले जानकारी दिए । अलैचीलाई गुणस्तरको आधारमा मुल्य निर्धारण गर्ने प्रबिधि नभएको, विमाको ब्यवस्थापन नभएको, जलवायु अनुकुल कृषि प्रणालीको विकास गर्न नसकेको गुनासो प्राविधिकको छ ।

[caption id="attachment_54379" align="alignnone" width="1024"] अलैची उत्पादनमा बृद्धी गर्न तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिनको लागि अव बिद्यालय तह देखि नै अलैची सम्बन्धि पाठ्यक्रम बनाएर दक्ष प्राबिधिक उत्पादनमा जोड दिनु पर्नेमा बरालको जोढ छ । अहिले पनि भारतबाट सुकुमेल प्रसस्तै आईरहेकोले त्यसलाई विस्थापन गर्दै अलैचीलाई विश्व बजारसम्म mस्थापित गर्नु पर्नेमा जोड दिए । [/caption]

किसानको समस्या सनेर बसेका एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले किसानमुखी नीति ल्याईने बताए । कृषि सम्बन्धि योजना अभिघ बढ्ने क्रममा रहेकोले प्रदेशलाई नमुना प्रदेशको रुपमा स्थापित गर्नको लागि कृषि पर्यटन, उद्योग, जलश्रोतको ब्यवस्थापन नै रहेकोले यस बिषयमा छलफल भईरहेको बताए । उनले विकास र समृद्धीका एजेण्डामा एक हुन उनले सबैलाई आग्रह गरेका छन् ।
तेह्रथुमको लालीगुराँस गाउँपालिका ९ की बिष्णु सुबेदीले ४१ सालदेखि चिया क्षेत्रमा समस्या झेल्दै आएको बताईन् । ‘मुख्यमन्त्री ज्यु मैले २०४१ सालदेखि ज्यालाको रेट पाएको छुईँन, सुुबेदीले भनिन्, अहिले पनि दैनिक ज्याला २ सय ५२ रुपैयाँ मात्र दैनिक पाउँदै आएकी छु ।’ चिया किसानले अहिले पनि ज्यालामा ठगिँदै आएकाले किसानको मागलाई सम्बोधन गर्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्