सुन तस्करी र हत्या प्रकरण : एकै दिन ११ जनाले बहस गरे, थप २ जनाको म्याद थप

सुन तस्करी र हत्या प्रकरण : एकै दिन ११ जनाले बहस गरे,  थप २ जनाको म्याद थप

विराटनगर, ३१ बैशाख ।
साढे ३३ किलो सुन र सनम शाक्य हत्यासँग जोडिएको ‘आपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दामा एकै दिन आज ११ जना वकिलले बहस गरेका छन् । प्रतिवादीको तर्फबाट आज एकै दिन ११ जना वकिलले बहस गरेका हुन् ।
यसरी बहस गर्नेमा दिपक बस्नेत, माधवराज आचार्य, राजेन्द्र भट्टराई, शुरेशलाल श्रेष्ठ, राम बहादु राउत, अम्मर बहादुर राउत, योगेन्द्र न्यौपाने, राजन प्रसाद फुयाँल, सुनिल कुमार सिंह, रमिला महर्जन, हरि नारायण चौधरीले बहस गरेका थिए । वहस गर्ने क्रममा ५ बजेसम्म पनि बहस जारी रहेपछि ५ बजेपछि पनि २ जना वकिलले बहस गरेको अदालत श्रोतले जनाएको छ ।
सुन तस्करी र हत्यासँग जोडिएको घटनामा अभियुक्त प्रजित केसीको तर्फबाट वरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई र शुरेशलाल श्रेष्ठले बहस गरेका थिए । उनको पक्षमा बहस गर्न सबै वरिष्ठ अधिवक्ता हुन् । महाबिर गोल्यान चाचाजीको तर्फबाट वरिष्ठ अधिवक्ता योगेन्द्र शर्मा न्यौपाने र अधिवक्ता जगनप्रसाद फुयाँलले वहस गरे । बालकृष्ण श्रेष्ठ, सम्बीर प्रसाद तोलाङ्गे, अम्मर बहादुर थापाको तर्फबाट अधिवक्ता रमिता महर्जन र हरिनारायण चौधरीले बहस गरे ।
यी वकिल काठमाडौका
शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल, राजु बस्नेत, रमिला महर्जन उद्धब केसी, दिपक बस्नेत, राम बहादुर राउत, अम्मर बहादुर राउत काठमाडौमा हुन् । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्डको थुनछेक बहसमा तेश्रो दिन देखि नै वरिष्ठ अधिवक्ताहरूले आरोपितहरुको बचाउ गर्दै आएका छन् ।
काठमाडौंबाट बहसकालागि विराटनगर आएका पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, यदुनाथ खनाल र राजु बस्नेतले सुन तस्करी प्रकरणमा मुछिएका अभियुक्तहरूको बचाउ गरेर हिजै फर्किएका छन् । बहसमा अधिवक्ता श्रेष्ठ र थापासँगै खनाल र बस्नेतले सुन कारोबारी, लगानीकर्ता, प्रहरी र एयरलाइन्सका कर्मचारीको बचाउ गरेका हुन् । आइतबार बहस गर्दै पूर्व महान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले भुजुङ गुरुङ, पूर्वडीआईजी गोविन्द निरौला र निलम्बित एसपी विकाशराज खनालको बचाउ गरेका थिए भने वरिष्ठ अधिवक्ता थापाले पनि गुरुङ र खनालको पक्षमा बहस गरेका थिए ।
थप २ जनाको म्याद थप
साढे ३३ किलो सुनसँग जोडिएका थप २ जनालाई आज जिल्ला अदालतमा म्याद थप गरिएको छ । काठमाडौमा पक्राउ परेका २ जनालाई मोरङ जिल्ला प्रहरी कार्यालयले म्याद थप गरेको हो । पक्राउ परेका मोतिराम श्रेष्ठ र बिनोद अधिकारीलाई संगठित अपराध अन्तरगत शुरु देखि नै म्यादथप गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा पक्राउ परेका २ जना नै पैसाको कारोवारी भएको अनुसन्धानबाट खुलेपछि उनीहरुललाई पनि पक्राउ गरिएको प्रहरी उपरिक्षक अरुण कुमार बिसीले जानकारी दिए । उनीहरु अदालतमा मुद्दा चलाईएका ६३ जना भन्दा बाहिरका रहेको बिसीको भनाई छ । बिनोदको झापाको दमकमा आईएमई रहेको र आईएमई मार्फत उनले पैसा सुनकारोवारीलाई पु¥याउने गरेको पाईएको अुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका मोतिराम केही महिना अघिसम्म पनि दुबईमा रहेको र उनले दुबईको दिराम बिभिन्न स्थानबाट उठाउने र उनका आफन्तलाई हुण्डि मार्फत नेपाल पाठाउने गरेको तथा उनीहरुका आफन्तले त्यो रकम बिनोदको आईएमईमा पठाउने गरेको पाईन्छ, प्रहरी उपरिक्षक बिसीले भने, बिनोदकोमा पुगेको रकम त्यहाँबाट अन्यत्र बिभिन्न सुन कारोवारीको गिरोहसम्म पुग्नेगरेको पाईन्छ ।’ ६३ जना भित्र नपरेका यी दुबै कारोवारीलाई आजै देखि म्याद थपगरी थप अनुसन्धान शुरु गरिएको छ । उनीहरुलाइ ५ दिनको म्यादथप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्