खाजा खर्चमा अनियमितता, सेटिङमा बढी बिद्यार्थीको तथ्यांक

खाजा खर्चमा अनियमितता, सेटिङमा बढी बिद्यार्थीको तथ्यांक

सिरहा, १ जेष्ठ ।
बिद्यार्थीको आकर्षण बढाउनका सामुदायिक बिद्यालयमा उपलब्ध गराईएको खाजा खर्चमा समेत अनियमितता भईरहेको पाईएको छ । सिरहाको ३ वटा बिद्यालयले दिवा खाजा खर्चको लागि बास्तबिक भन्दा धेरै संख्या देखाएर सरकारी रकमको अनियमितता गरेको पाईएकोहो । सखुवान्कारकट्टी गाउँपालिका ४ स्थित आधारभुत बिद्यालय खयरवनाले शिक्षा कार्यालयमा ८० जना बिद्यार्थीको तथ्यांक बुझाएर दिवाखाजा कार्यक्रम वापत एक लाख ३३ हजार २ सय रुपैयाँ निकाशा लियो । अर्को आधारभुत बिद्यालय महादेवा पोर्ताहाले ९१ जना बिद्यार्थीको तथ्यांक देखाउँदै दिवाखाजा कार्यक्रम वापत १ लाख ५१ हजार ५ सय १५ रुपैयाँ निकाशा लियो । त्यस्तै जनता आधारभुत विद्यालय सलोखरीले २ सय ६३ जना बिद्यार्थीको तथ्यांक बुझाएर दिवा खाजा कार्यक्रम वापत ४ लाख ३७ हजार ८ सय ९५ रुपैयाँ निकाशा पाएको छ ।
सामुदायिक विद्यालयमा बिद्यार्थीको आकर्षण बढाउन बिद्यालयमा बिद्यार्थी पुरा समय टिकाईाख्नको लागि सामुदायिक विद्यालयमा लागु गरिएको दिवाखाजा कार्यृक्रम सेटिङमा भ्रष्टाचार गर्ने माध्याम बनेको छ । करोडौँ खर्च भईरहेको यो कार्यक्रमको उपलब्धि नदेखिनुमा भ्रष्टाचार मुख्य कारण बनेको छ ।
अहिले प्रत्यक गाउँ र नगरपालिकामा त्यस क्षेत्रमा संचालित बिद्यालय हेर्नेगरी श्रोत ब्यक्ति र बिद्यालय निरिक्षकको ब्यवस्थापन गरिएको छ । बिद्यालयले बुझाउने बिद्यार्थीको तथ्यांक यकिन गरि रुजु गर्ने अधिकार श्रोत ब्यक्तिसँग हुन्छ । श्रोत ब्यक्तिले रुजु गरेको तथ्यांक क्रसचेक गर्ने अधिकार बिद्यालय निरिक्षकसँग हुन्छ । दुबैले स्वीकृत गरेको बिद्यार्थी संख्याको आधारमा मात्र शिक्षा कार्यालयले बिद्यालयमा रकम पठाउने प्राबधान छ । दिवा खाजा कार्यक्रमको रकम निकाशाको हकमा विद्यालयले तयार पारेको विद्यार्थी संख्या सम्बन्धित श्रोत ब्यक्तिले बिद्यालय अनुगमन गरी यकिन गरेपछि निकाशाको सिफारिस सहित शिक्षामा पठाउने र त्यही अनुसार शिक्षा कार्यालयमा विद्यालयको खातामा रकम निकाशा हुन्छ । दिवा खाजा कार्यक्रम चलेको आधारभुत बिद्यालय महादेवा पोर्ताहा पुग्दा कक्षा १ मा २ जना, कक्षा २ मा ३ जना कक्षा ३ मा विद्यार्थी नै थिएनन् । र कक्षा ४ मा ३ जना मात्र बिद्यार्थीको उपस्थिती थियो ।नागरिक पुर्वेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्