विराटनगरलाई क्लिन सिटि बनाउने अभियान ,फोहर फाले कार्वाही हुने

<span class='c1'>विराटनगरलाई क्लिन सिटि बनाउने अभियान</span> <span class='c2'>,फोहर फाले कार्वाही हुने</span>

कुमोद अधिकारी

विराटनगर । जथाभावी फोहर फाल्ने ६० भन्दा व्यक्ति, अस्पताल तथा होटललाई विराटनगर महानगरपालिकाले कार्वाही गरेको छ। ढलमा सौचालयको फोहर मिसाउने, अस्पताल जन्य फोहर व्यवस्थापन नर्गने र जथभावी सडकमा फोहर फाल्ने महानगरपालिकाको  कार्वाहीमा परेका हुन।

महानगरपालिका र वेस्ट मेनेजमेन्ट ग्रुप नेपालको फोहर मैला व्यवस्थापन परियोजनाले विराटनगरलाई क्लिन सिटि वनाउने अभियान संचालन गरेपछी फोहर फाल्ने उपर कार्वाही तिव्र बनाएको हो।

साउन महिनादेखी वैशाखसम्ममा ५० जनालाई कार्वाही गरेर जरिवाना असुल गर्नुका साथै सचेत पत्र समेत पठाइएको महानगपालिका वातावरण शाखा अधिकृत अनिता कोइरालाले बताइन। उनका अनुसार जथाभावी फोहर फाल्नेहरु पाच हजारदेखी १ लाखसम्म जरिवानामा पर्ने गरेका छन। पहिलो पटक सम्झाउने वुझाउने र त्यसपछी अटेर गरेर फोहर फाल्नेलाई महानगरपालिकाले कार्वाही गरेको कोइरालाको भनाई छ ।

वेस्ट मेनेजमेन्टले विराटनगर महानगरपालिकालाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजन गरी सरसफाई अभियान संचालन गर्दै आएको छ। प्रत्येक नगरवासी उक्त संस्थाका सदस्य रहेका छन्। घरवाट तथा अस्पताल, होटलवाट निस्कने फोहरलाई व्यवस्थापनगर्ने जिम्मा वेस्ट मेनेजमेन्टले लिएको छ।

महानगरपालिकाले सडकमा निमार्ण सामग्री थुर्पानेलाई समेत कार्वाही गरेको जनाएको छ। गतवर्ष जथाभावी फोहर फाल्ने अढाईसयभन्दा वढीलाई महानगरपालिकाले कार्वाही गरेको कोइरालाले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्